बारामा फेरि हावाहुरी, केही घरका छाना उडायाे

बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पाेल ढलेका छन् । केही स्थानमा घरका छाना उडाएकाे छ । हुरी प्रभावित क्षेत्रमा भीषण वर्षा भइरहेकाे छ । 

काठमाडौं महानगरद्वारा हावाहुरी पीडितलाई २५ लाख सहयोग घोषणा

काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । 

राप्रपा (संयुक्त) द्वारा हावाहुरीबाट मृत्यु भएकाका प्रत्येक परिवारलाई १२ हजार राहत

राप्रपा (संयुक्त) ले बारा र पर्सा जिल्लाका हावाहुरीका कारण मृत्यु भएकाका प्रतिपरिवार १२ हजार राहत प्रदान गरेको छ । शुक्रबार प्रभावित क्षेत्र पुगेका अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले मृतकका प्रत्येक परिवारलाई १२ हजारका दरले राहत रकम र पीडित परिवारलाई लत्ताकपडासमेत वितरण गरेका हुन् ।   

प्रदेश सरकारद्वारा हावाहुरी प्रभावितलाई १ करोड सहयोग

प्रदेश ५ सरकारले हावाहुरीबाट प्रभावित प्रदेश २ का लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट उपलब्ध गराउने निर्णय भएको हो ।