अझै मेघ गर्जन र चट्याङसहित वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका धेरै स्थानमा अझै मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ । काठमाडौंसहित मुलुकका धेरै भागमा बिहानैदेखि हावाहुरी र चट्याङसहितको वर्षा जारी छ । 

हावाहुरीसहित वर्षा : तीन दिन मौसम प्रभावित हुने 

पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताइन् ।