खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई स्वास्थ्य मन्त्रीको आग्रह

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन् । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उनले भने, 'सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पुर्‍याउनुहोस्, त्यसपछि तपाईंलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ ।'

सामान्य अवस्थामै १५ हजार चिकित्सक अपुग

सर्वसाधारणलाई स्वास्थ्य सेवा पुर्‍याउन सामान्य अवस्थामा पनि १५ हजार चिकित्सक अपुग रहेको विज्ञहरूले औंल्याएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मुलुकको कुल बजेटको न्यूनतम १० प्रतिशत स्वास्थ्यमा छुट्याइनु पर्ने उल्लेख गरेकामा नेपाल भने दक्षिणपूर्वी एसियामै स्वास्थ्यमा कम लगानी गर्ने मुलुकमा पर्छ ।

सरकारी चिकित्सकको आन्दाेलन : १ लाखले पाएनन् उपचार

संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाट वञ्चित भए । यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने स्वास्थ्य क्षेत्रमा राज्यको लगानी ४ प्रतिशतमात्र छ ।

के चाहन्छन् चिकित्सक ? 

प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आफूहरूलाई एक तहबाट अर्कोमा सरुवा हुन पाउने व्यवस्था नराखिएकामा सरकारी चिकित्सकहरू आन्दोलित भएका हुन् । सबै सरकारी चिकित्सकलाई संघ सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने उनीहरूको मुख्य माग छ । 

समायोजनविरुद्ध चिकित्सक आन्दोलित, शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार

सरकारी चिकित्सकहरूले आफूहरूलाई संघीय सरकारको मातहत माक्र राख्न माग गर्दै शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका छन् । हावा हुरी प्रभावित बारा र पर्सा जिल्लामा भने सरकारी चिकित्सकले नियमित सेवा दिनेछन् । 

सरकारी चिकित्सकले लिए आन्दोलन फिर्ता

कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।