एपीएफलाई थप एक स्वर्ण

बुटवलमा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लन टेनिस खेलमा मिश्रित डबल्सतर्फ एपीएफका आइभर लिसानोविच र अश्लेवा लिसोनोबीच दिदी भाइको जोडीले स्वर्ण पदक जितेका छन् । यस अघि पुरुष टिम इभेन्टको स्वर्ण पनि एपिएफले नै जितेको थियो ।

टेबलटेनिसमा पुलिसको वर्चस्व

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत घोराही कभर्ड हलमा सञ्चालित ४० औँ टेबल टेनिस प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लबले ६ स्वर्ण पदक हात पार्दै वर्चस्व कायम गरेको छ ।महिला र पुरुष सिंगल्समा नेपाल पुलिसले नै दुई स्वर्ण र दुई रजत जितेको छ ।

दाङमा टेबलटेनिस सुरु

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबारदेखि घोराहीस्थित कभर्ड हलमा टेबलटेनिस सुरु भएको छ । खेलको उद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाइलीले गरेका थिए । उनले राष्ट्रिय खेलकुदले खेलको सम्भावनालाई बढवा दिएको धारणा व्यक्त गरे ।

आठौं राष्ट्रिय खेलकुद आजदेखि

घरेलु खेलकुदको महामेला राष्ट्रिय खेलकुदको आठौं संस्करण बुधबार सुरु हुँदै छ । तेस्रो राष्ट्रिय खेलकुदयता निर्धारित समयमै राष्ट्रिय खेलकुद आयोजना भएको यो पहिलोपल्ट हो । आठौं खेलकुदको उद्घाटन नेपालगन्ज रंगशालामा वैशाख ५ गते हुनेछ ।

आठौं राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माणसँगै खेल सुरु

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुधबारबाट विभिन्न खेल सुरु हुँदैछन् । औपचारिक उद्घाटनपूर्व १३ खेल स्पर्धा हुनेछन् । पहिले सञ्चालन गरिने खेलका लागि पूर्वाधार निर्माण पूरा भएका छन् । पछि सञ्चालन हुने स्पर्धाका लागि पूर्वाधार बनाउने काम जारी छ ।