यसरी झिकियो मलद्वारमा लुकाइएको तीन किलो ३ सय ग्राम सुन

चीनको कुनमिङबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजबाट आएका तीन चिनियाँ यात्रु भन्सार अधिकारीको शंकाको घेरामा परे । बिहीबार ५ बजेतिरको कुरा हो, भन्सार अधिकारीले मेटल डिटेक्टरले जाँच्दा उनीहरुले केही लुकाइरहेको संकेत मिल्यो ।

एयरपोर्टबाट ३ किलो ३ सय ग्राम अवैध सुनसहित ३ चिनियाँ नागरिक पक्राउ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट अवैध सुनसहित ३ चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । चाइना इस्टर्न एयरलाइन्स चढेर चीनको कुनमिङबाट काठमाडौं आएका तीन चिनियाँ नागरिकलाई ३ किलो ३ सय ग्राम अवैध सुनसहित बिहीबार राति पक्राउ गरिएको हो ।