'सामाजिक सञ्जाललाई कर लगाऊ'

महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जालहरू दर्ता गरी राजस्व उठाउनुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा बहस चलिरहेका बेला लेखापरीक्षण गर्ने उपल्लो निकायले यसबारे ठोस धारणासहित सुझाव पेस गरेको हो । 

कृषि अनुदान दुरुपयोग 

सरकारले वितरण गर्दै आएको कृषि अनुदान दुरुपयोग भएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनअनुसार मकैको उन्नत बीउ, मसिना तथा बास्नादार धानको उन्नत बीउ र स्रोत बीउमा ७५ प्रतिशत अनुदान, मकैको स्रोत बीउ, मेसिनरी, पावर टिलरलगायत अन्य प्रशोधन उपकरण, मसिना धानको स्रोत बीउ, हिउँदे कोसेबाली बीउ, यन्त्र उपकरण र भण्डार घरमा ५० प्रतिशत अनुदान दिने गरेको छ ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा सर्वाधिक बेरुजु

महालेखा परीक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको प्रथम वार्षिक लेखापरीक्षण प्रतिवेदनमा प्रदेश २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वाधिक बेरुजु भएको औल्याएको छ ।