सामुदायिकमा पढाउन होडबाजी

स्थानीय निकायले सामुदायिक विद्यालयलाई स्तरीय र व्यवस्थित बनाउन लागेसँगै विद्यार्थीको आकर्षण बढेको छ  । स्थानीय तहले अभिभावक र विद्यार्थीका लागि आकर्षक योजनासँगै कडाइका नियम ल्याउन थालेका छन्  ।

विद्यालयलाई नमुना बनाइँदै

पढाई स्थगित हुने अवस्थामा पुगेको बिर्तामोड नगरपालिका ९ स्थित सहिद लक्ष्मी प्राथमिक विद्यालय जोगाउन स्थानीय अभिभावक जुटेका छन्  । विद्यार्थी संख्या कम भएपछि मर्ज वा पढाई स्थगित गर्न लागिएको विद्यालयलाई अभिभावकको पहलमा ‘नमुना’ बनाउन थालिएको हो  ।

विद्यालय छाड्ने बढे

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा बीचैमा पढाइ छाड्ने बालबालिकाको संख्या उच्च देखिएको छ  । विराटनगर महानगरपालिकामा गत वर्ष २ हजार ३ सय ३ जना भर्ना भएका मध्ये १३ प्रतिशत बालबालिकाले बीचमै पढाइ छाडेका छन्  ।

सामुदायिकमा भर्ना पाउनै मुस्किल

वीरेन्द्रनगरको जननमुना विद्यालयले यसवर्ष ४ सय विद्यार्थीका लागि भर्ना खोलेको थियो । आवेदन पर्‍यो १ हजार ७ सयको । उत्कृष्ट नतिजाका कारण बर्सेनि विद्यार्थीको चाप बढ्दै गएपछि यो सामुदायिक विद्यालयमा यस वर्ष ४६ वटा सेक्सन बनाइएको छ । यहाँ हरेक वर्ष प्रवेश परीक्षापछि मात्र भर्ना लिइने गरिएको छ । 

हरेक वर्ष बैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाइने

सरकारले हरेक वर्षको वैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष बैशाख २ गते विद्यालयमा बालबालिका भर्ना दिवस मनाउने निर्णय गरेको हो ।

भर्ना अभियान भोलिबाट

शिक्षा मन्त्रालयले वैशाख २ लाई ‘राष्ट्रिय भर्ना अभियान दिवस’ घोषणा गर्ने तयारी गरेको छ । अभियानको नारा ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ’ तय गरिएको छ ।
ADVERTISEMENT

वैशाख २ लाई भर्ना अभियान दिवस घोषणाको तयारी, संविधान मिचिने विज्ञको टिप्पणी

शिक्षा मन्त्रालयले वैशाख २ लाई 'राष्ट्रिय भर्ना अभियान दिवस' घोषणा गर्ने तयारी गरेको छ । अभियानको नारा 'हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ' तय गरिएको छ । केन्द्रीय नारामा स्थानीय सरकारले आफ्नो परिवेशअनुसार थपघट गर्न सक्ने जनाइएको छ ।