केयू मेडिकलमा ठगी : शुल्कमा मिटर ब्याज नतिरे फेल

काठमाडौं विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रमका रूपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रूपन्देहीको देवदह मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी असुल्दै आएका हुन् ।