बालुवाटार जग्गा प्रकरण

बालुवाटारको २५ रोपनी जग्गा 'भूमाफिया' भनेर आरोप लागेका तीन परिवारको

बालुवाटारबाट व्यक्तिका नाममा गएकामध्ये करिब २५ रोपनी जग्गा तीन परिवारका नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरूका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो ।

'अहिले रोक्का जग्गा माधव नेपाल सरकारको पालामा क्षेत्र विस्तार गर्दाको'

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएपछि रोक्का राख्ने निर्णय भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल अहिले चर्चामा छिन् । उनको प्रस्तावमा सोमबार मन्त्रिपरिषदले पूर्व–न्यायाधीश मोहनरमण भट्टराईको संयोजकत्वमा मुलुकभर अतिक्रमित सरकारी जग्गा छानबिन गर्न ५ सदस्यीय आयोग गठनको निर्णय गरेको छ । राजधानी लगायत मुलुकका विभिन्न ठाउँमा जग्गा अतिक्रमणका डरलाग्दा थप तथ्यहरू उजागर हुने क्रम पनि जारी नै छ । जग्गा अतिक्रमण, छानबिन, भूमि प्रशासनमा व्याप्त भ्रष्टाचार र भूउपयोग नीति लगायत विषयमा मन्त्री अर्यालसँग कान्तिपुरका श्रीश भण्डारी, दिपेन्द्र विष्ट र कृष्ण ज्ञवालीले गरेको कुराकानी:

प्रधानमन्त्रीको प्रश्न- 'बालुवाटारको जग्गा अहिले हडपेको हो ?'

प्रधानमन्त्री केपी ओलीले बालुवाटारको जग्गा अहिलेको सरकारले नहडपेको बताएका छन् । व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका सवालमा जवाफ दिँदै उनले अहिलेको सरकारले त्यस विषयमा छानबिन सुरु गरेको बताए । 

उग्रताराको १७ हजार रोपनी कब्जा

उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसंँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ ।

‘एनआरएनएले बालुवाटारको जग्गा विवाद र असहमतिमाझ किनेको थियो’

तत्कालिन मुख्य सचिव लिलामणि पौड्यालले ‘नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा उपलब्ध गराउन नसकिने’ भनेर जानकारी गराइसकेपछि पनि अनेक समिति र उपसमितिको नाम भजाएर गैर आवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटार क्षेत्रको सरकारी जमिन खरिद गरिएको एनआरएनएले सर्कुलर गरेको कागजातबाटै पुष्टि भएको छ ।

बालुवाटारको ११७ रोपनी सरकारकै नाममा फर्काउने प्रकृया सुरु

सरकारले बालुवाटारमा व्यक्ति का नाममा गएको ११७ रोपनी सरकारी जग्गा फर्काउने भएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसमा सरकारले ललिता निवासको ११७ रोपनी सरकारकै बनाउने प्रक्रिया थालेको हो ।
ADVERTISEMENT
ADVERTISEMENT

बालुवाटारको जग्गा प्रकरणका दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कुनै पनि हालतमा बालुवाटारको जग्गा प्रकरणका दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।  प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनै पनि मोलाहिजा वेगर दोषीमाथि कारबाही गर्नु पर्ने माग दोहोर्‍याएका हुन् ।

बालुवाटारको जग्गा : सरकारी जान्दाजान्दै एनआरएनद्वारा खरिद

बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएन) को समेत संलग्नता भेटिएको छ । सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको भेटिएको हो । 

बालुवाटारको जग्गा परिवारको मात्र बाँकी 

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४ रोपनी १० आनामा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा दर्ता छ । 

पौडेलले दोस्रोपटक विज्ञप्ति निकाल्दै भने, 'बालुवाटारको जग्गाबारे छानबिन होस्'

नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारमा आठ आना जग्गा सम्बन्धित कार्यालयले प्रचलित कानुनअनुसार किन्न मिल्ने एकिन गरेकाले खरिद गरेको उल्लेख गर्दै यस सम्बन्धमा यथाशीघ्र थप छानबिन गर्न माग गरेका छन् । उनले छानबिनबाट आएका निष्कर्षहरु कार्यान्वयन गर्न पनि आग्रह गरेका छन्  । 

रोक्का भएन बालुवाटारको जग्गा

बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल) नभेटिएको र कुन कुन कित्ता रोक्का राख्ने यकिन गर्न नसकिएको भन्दै उक्त कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिने जनाएको हो ।

बालुवाटार जग्गा प्रकरणबारे सरकारका प्रवक्ताले भने - ‘अनुहार हेरेपछि चिनेको पर्ला, नहेरी कारबाही हुन्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले ललिता निवासको जग्गाका सम्बन्धमा कुनै पद तथा ओहादाले छानविन प्रक्रिया नरोकिने बताएका छन् । जग्गामा जोसुकै मुछिएको भएपनि कारबाही गरेरै छाड्ने दाबी गरे । सरकारले आफ्नो काम गरी सकेको छ ,जग्गा रोक्का राखिसकेको छ,’ उनले भने,‘ आवश्यक कारबाही हुन्छ । सरकारी सम्पत्तिको रक्षा सरकारले गर्छ ।’ 

बालुवाटार जग्गा प्रकरण  : आयुक्त शाह जसले बालुवाटारको पर्खाल नै सारे

निर्वाचन आयुक्त सुधीरकुमार शाहसमेत ललिता निवासको जग्गा अतिक्रमणमा संलग्न रहेको देखिएको छ । पूर्वसचिव त्रिताल समितिको प्रतिवेदनअनुसार भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले २०४९ मा ललिता निवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाका नाममा खरिद गरेका थिए । उक्त जग्गा पहिला प्रधानमन्त्री निवास परिसरभित्र थियो ।

बालुवाटार जग्गा प्रकरण : अख्तियारभित्रै सेटिङ प्रयास 

बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो ।

कागती बेचेरै ३७ रोपनी जग्गा

छेडागाड नगरपालिका १० काफ्लाका ३३ वर्षीय गगनबहादुर बुढा कागती बेचेरै वार्षिक १० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । स्थानीय बजारमा कागती (दाना) ५० रुपैयाँ प्रतिकिलो र रस १५० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ ।