श्रीलंकाको विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुग्यो

श्रीलंकामा आइतबार चर्च र होटलमा भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार करिव ५ सय जना घाइते छन् । प्रहरीका अनुसार विस्फोटमा दर्जनभन्दा बढी विदेशी नागरिकको मृत्यु भएको छ ।

कोलम्बोस्थित एक होटलमा पुन: विस्फोट, राजधानीमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल चलाउन रोक

श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।

श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा मृतकको संख्या २ सय ७ पुग्यो, ४५० भन्दा बढी घाइते [अपडेट]

श्रीलंकामा आइतबार ८ ठाउँमा भएका शृखंलाबद्ध विस्फोटमा २०७ को मृत्यु भएको छ भने ४ सय ५० भन्दा बढी घाइते भएका छन् । तीन चर्च र ४ होटलसहित ८ स्थानमा विस्फोट भएका हुन् । पश्चिमी तटीय सहर नेगोबोको प्रख्यात सेन्ट सेबेस्टियन चर्च, पूर्वी तटीय सहर बाट्टीकालोआको जियोन चर्च र कोलम्बोको कोच्चिकाडे जिल्लास्थित सेन्ट एन्थोनी चर्च, कोलम्बोका ठूला होटलहरू सांग्रिला, किङ्सबरी तथा सिनामन ग्रान्ड, देहीवालाको एउटा होटल तथा देमातागोडाको एउटा घरमा विस्फोट भएका हुन् ।