प्रधानमन्त्रीले तस्करी बन्द भएको बताएकै भोलिपल्ट ७ किलो सुन बरामद

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारले ३८ किलो सुन आउने प्वाल टालिसकेको बताएकै भोलिपल्ट प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी स्थापनाको ७० औं दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सुन तस्करीका कारोबारीहरु आत्तिएको बताएका थिए ।