लोकतन्त्र : उपलब्धिसँगै विकृति पनि

ठीक १४ वर्षअघि २०६२ को हिउँदे जाडो सकिएर राजधानीको मौसम तात्दै गर्दा सडकमा आन्दोलनको आगो दन्किँदै थियो । चैत र वैशाख पहिलो साता जनआन्दोलनको राप हवात्तै बढ्यो । काठमाडौं मात्र होइन मुलुकका करिब सबै भूभाग आन्दोलनमय बन्यो । हँसिया हथौडा र चार तारा अंकित लालझन्डा मात्र होइन, रूखका स्याउलादेखि अखबारका पाना बोकेर सडकमा नागरिक ओर्लिएका थिए ।

'खोजेजस्तो लोकतन्त्र पाएनौं'

लोकतान्त्रिक आन्दोलनमा होमिएकाहरूले लोकतन्त्र स्थापनापछिका वर्षहरूले आफूलाई निराश पारेको बताएका छन्  । आन्दोलनको बलमा राजतन्त्र हटेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको तहमा आधारभूत परिवर्तन नआएको बरु सीमित मान्छेले फाइदा लिइराखेको उनीहरूको बुझाइ छ  ।

जनआन्दोलन-२ का घाइते मुकेश अझै अर्धचेत

जनआन्दोलन–२ का घाइते मुकेश कायस्थको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको थियो  । देब्रे हात चलाउने, माँ (आमा) भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र हृवीलचियरमा अड्न सक्ने भएका थिए  ।

दलहरू कति लोकतान्त्रिक ?

राजनीतिक पार्टीहरू नीतिबाट सञ्चालित हुन्छन् कि नेताबाट ? सात दशक लामो राजनीतिक आरोहअवरोह छिचोलेका दलका नेताहरूले बाटो देखाउन नसक्दा अहिले पनि यो प्रश्न उत्तिकै पेचिलो छ । ‘राणा फाले, राजा फाले तर आफैंभित्रको सामन्ती संस्कार फाल्न सकेनन्,’ राजनीतिक विश्लेषक भोगेन्द्र झाको टिप्पणी छ, ‘मुलुक नीतिबाट होइन, नेताबाट सञ्चालित छ । अझै भनौं, दुई चार जनाको ‘सिन्डिकेट’ बाट पार्टीहरू चल्दै आएका छन् ।’

आज लोकतन्त्र दिवस : भ्रष्टाचारको ओझेलमा उपलब्धि

डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो ।