इन्टरनेट

इन्टरनेटका कारण 'ग्याङफाइट घट्यो', प्रतिशोध साध्न हतारिने प्रवृत्तिले अपराध भने बढ्यो

सामान्य निहुँमा तन्नेरीबीच झगडा, धारिलो हतियारको प्रयोग र हत्या । काठमाडौं उपत्यकामा पछिल्ला ५ महिनामा यस्तै तीन घटनामा तीन जनाको ज्यान गयो । पछिल्लो घटना हो, गत शुक्रबार राति पुल्चोकको । 

राष्ट्रपतिले 'मेरो सरकार' भनेपछि सामाजिक सञ्जालमा व्यंग्य

सरकारको नीति तथा कार्यक्रम संसद्‌मा पेस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले 'मेरो सरकार' भन्ने उच्चारण गरेपछि सामाजिक सञ्जालमा आलोचना र व्य‌ंग्य सुरु भएको छ । राष्ट्रपति भण्डारीले लिखित मन्तव्यमार्फत् सरकारको नीति तथा कार्यक्रम पेस गरेकी हुन् ।

सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने 

सरकारले नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने जनाएकाे छ ।

सामाजिक सुरक्षा कोष : साउनदेखि श्रमिकको योगदान सुरु 

सरकारले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकले आउँदो साउन १ देखि योगदान गर्ने लगाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको कोषमा सूचीकृत रोजगारदाता (प्रतिष्ठान) मा कार्यरत श्रमिकले मात्रै योगदान गर्न पाउने व्यवस्था छ । सूचीकृत हुन असार मसान्तसम्मको समय दिइएको छ ।

सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्नुहुँदैन : सांसद

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् ।  

इन्टरनेटले हामीलाई नंग्याएको छ

दुई दशकअघि इन्टरनेट युग बामे सर्दै गर्दा, स्मार्टफोन चलनचल्तीमा नआउँदै, एप्सहरूको कल्पना नहुँदै ‘सन माइक्रोसिस्टम्स’का सह–संस्थापक स्कट म्याकनेलीले भनेका थिए– ‘तपाईंका केही पनि कुरा गोप्य छैनन् । त्यसलाई आत्मसात गर्नुहोस् ।’ त्यतिबेला उनको कुरालाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् ।