त्रिवि सेवा आयोगको अन्तर्वार्ता स्थगित : छोरी परीक्षार्थी, बाबु परीक्षक

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भनी आपत्ति जनाउँदै परीक्षा प्रक्रियामा सामेल हुन नसक्ने जनाएका थिए । लगत्तै सेवा आयोगले विशेष सूचना निकालेर परीक्षा स्थगित गरेको हो । 

त्रिवि सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको निष्कर्ष

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तालाबन्दी भएको छ । आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा वैद्य निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

त्रिवि सेवा आयोगका विकृति

नेपालको सबैभन्दा पुरानो र झन्डै ८० प्रतिशत विद्यार्थीको हिस्सा लिने त्रिभुवन विश्वविद्यालयका विकृतिबारे कान्तिपुरको अग्रपृष्ठमा समाचार देख्दा ज्यादै खिन्न लाग्यो  ।

त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड

त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँसो तोडफोड भएको छ । खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरूको समूहले तोडफोड गरेको हो । 

त्रिविको जागिर नातेदारलाई

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ-संगठन र नेताका नातेदारहरूको नाम निस्किएको छ ।

त्रिवि भौतिकशास्त्र विभागमा तालाबन्दी

विद्यार्थीले त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागमा तालाबन्दी गरेका छन्  । गत पुसमा भएको स्नातकोत्तर तह भौतिकशास्त्र पुरानो पाठ्यक्रममा आधारित परीक्षामा नयाँमा आधारित प्रश्नपत्र सोधिएपछि परीक्षार्थीले बीचैमा बहिष्कार गरेका थिए  ।

त्रिवि पदाधिकारी बर्खास्त गर्न माग

प्रा.डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरी त्रिवि पदाधिकारीलाई तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीले मेडिकल कलेजका नाममा विद्यार्थी लुट्ने क्रम अन्त्यका लागि पहल गर्नसमेत सरकारसित आग्रह गरेका हुन् ।