दोहोरो नागरिकताको छानबिन सुरु

भारत र नेपाल दुवै देशको दोहोरो नागरिकता लिने सुनसरी इनरुवाका व्यापारी छगनलालको विषयमा प्रशासनले छानबिन सुरु गरेको छ । सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले यस विषयमा छानबिन सुरु गरेको बताएको छ ।

भारतमा रासनकार्ड सुविधा, नेपालमा वृद्धभत्ता

सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि त्यागेका छैनन् ।