यसरी निकालियो कञ्चनजंघाबाट शव

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको क्रममा मृत्यु भएका दुई आरोहीको शव निकालिएको छ । चौथो आधार शिविरमा मृत्यु भएका भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्तल करारको शव हेलिकप्टरबाट काठमाडौं लगिएको हो । 

चार भाइ एकैसाथ कञ्चनजंघामा

विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघामा संखुवासभाका चार दाजुभाइले एकैपटक पाइला टेकेका छन् । मकालु गाउँपालिका १, इङलुवाका ३५ वर्षीय छिजिनोर्बु शेर्पा, ३३ वर्षीय फुर्वा शेर्पा, ३० वर्षीय तेन्जिङ शेर्पा र २५ वर्षीय पासाङदावा शेर्पा जेठ १ बुधबार बिहान ६ बजे कञ्चनजंघा शिखरमा पुगेका हुन् । उनीहरू माइला, साइँला, काइँला र कान्छा दाजुभाइ हुन् ।

सगरमाथाको उचाइ नाप्ने नेपाली टोली चुचुरोमा

सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथा शिखरमा पुगेका छन् । विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरतर्फ गएका थिए । टोलीका सदस्य रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए ।

फेरि कामीरिताको कीर्तिमान

सोलुखुम्बु थामेका ४९ वर्षीय कामीरिता शेर्पाले २४ औं पटक सगरमाथाको चुचुरामा पाइला टेक्दै नयाँ विश्व कीर्तिमान बनाएका छन् । उनले एकै सातामा दुईपटक सगरमाथा आरोहण गर्दै उक्त रेकर्ड बनाएका हुन् । 

‘स्नोब्लाइन्डनेस’ र ‘फ्रस्टबाइट’ ले कञ्चनजंघामा २ भारतीयको मृत्यु !

विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण क्रममा दुई भारतीय आरोहीको बुधबार राति मृत्यु भएको छ । काठमाडौंस्थित पिक प्रमोसन प्रालिको व्यवस्थापनमा त्यसतर्फ गएका पश्चिम बंगाल, कोलकाताका ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुंतल करारको मृत्यु भएको हो ।

कञ्चनजंघा आरोहणका क्रममा २ भारतीयको मृत्यु, चिलीका एकजना सम्पर्कविहीन

विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको छ । काठमाडौंस्थित पीक प्रमोशन प्रालिका सेल्स तथा मार्केटीङ निर्देशक पासाङ शेर्पाले उनीहरुको मृत्यु भएको पुष्टी गरेका छन् ।

कामीरिता भन्छन् - '२५ पटक आरोहण गरेर मात्रै विश्राम'

सोलुखुम्बुको थामेका ४९ वर्षीय कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै बुधबार २३ औं पटक सगरमाथा चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएका छन् । गत वर्ष जेठ २ गते बुधबारकै दिन उनले २२ औं पटक सगरमाथा आरोहण गरेका थिए । 

कामीरिता शेर्पाले चढे २३ औं पटक सगरमाथा

कामीरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरैपटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान राखेका हुन् । २३ औं पटक सगरमाथाको सफल आरोहण गरेर उनले आफ्नै कीर्तिमान तोडेका छन् । पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले कामीरिताले सगरमाथाको सफल आरोहण गरेका पुष्टि गरेकी छन् ।

यो सिजनमा पहिलोपटक ८ नेपाली सगरमाथा चुचुरोमा पुगे

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान अन्तर्गत ८ जना नेपालीको टोली मंगलबार दिउँसो सगरमाथा चुचुरोमा पुगेको छ । आधारशिविरमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले यो कुरा पुष्टि गरेकी हुन । '८ जना नेपाली अहिले १ बजेर ४५ मिनेटमा चुचुरोमा पुगे,' उनले आधारशिविरबाट कान्तिपुरसग भनिन् । 

कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा चढ्ने तयारी

लडाइँमा दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगर सगरमाथा चढ्ने तयारीमा छन्  । रोल्पाको थबाङ–३, मिरुलका बुढाले सन् २०१० अप्रिल १७ तारिखमा अफगानिस्तानमा एम्बुसमा परी दुवै खुट्टा गुमाएका थिए  ।

सगरमाथा आरोहण सिजन : साउथकोलसम्म बाटो खुल्यो

यस सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाइरहेका नेपाली शेर्पा गाइडको टोली बिहीबार दिउँसो ८ हजार मिटर उचाइमा रहेको साउथकोलमा पुगेको छ । साउथकोलबाट सगरमाथा र ल्होत्से हिमाल जाने मार्ग छुट्टिन्छ । नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा आरोहण गर्नेहरू अन्तिम प्रयास यहींबाट गर्छन् ।

सगरमाथा सफाइ टोलीले तीन अलपत्र शव भेट्टायो

सरकार र स्थानीय तहको पहलमा पहिलो पटक सगरमाथा हिमाल सफाइमा पुगेको टोलीले तीनवटा अलपत्र शव फेला पारेको छ ।

कामीरिता २३ औं पटक सगरमाथा चढ्दै

विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका सोलुखुम्बुका कामीरिता शेर्पा आउँदो वसन्तकालमा फेरि आरोहणमा जाने भएका छन् ।

कामीरिता २३ औं पटक सगरमाथा चढ्दै

विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका सोलुखुम्बुका कामीरिता शेर्पा आउँदो वसन्तकालमा फेरि आरोहणमा जाने भएका छन् । शेर्पाले फागुनपछि सुरु हुने वसन्तकालीन सिजनमा आफू सगरमाथाको २३ औं आरोहण गर्न तयार रहेको बताए । ‘यसपालि २३ औं पल्ट सगरमाथा चढदै छु,’ उनले भने, ‘सबै तयारी करिब–करिब सकिइसकेको छ । मार्च अप्रिलमा सगरमाथातिर लाग्छु होला ।’