वायुसेवा निगमको ६ महिनामा डेढ अर्ब नोक्सानी 

विमान खरिद गर्नुअघि नेपाल वायुसेवा निगमले तयार पारेको व्यावसायिक योजनाअनुसार दुईवटा विमानले दमाम, सिड्नी, टोकियो, हङकङलगायतका सेक्टरमा उडान सुरु गर्नुपर्ने थियो । निगमको तत्कालीन नेतृत्व सुगतरत्न कंसाकारले खरिदमा चासो दिएपछि व्यावसायिक योजनाअनुसार काम नगर्दा आम्दानी हुन सकेको थिएन । 

वाइडबडीमा थप अनियमितता 

नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितता भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो । महालेखाले शंकास्पद रूपमा खडा गरिएको कम्पनी हाई-फ्लाई-एक्सको बिलबिजकमाथि समेत शंका व्यक्त गरेको छ ।