यौन हिंसाको जोखिममा छन् कलिला बालिका

गत साता राजधानीमा चार बालिका बलात्कृत भएका घटना सार्वजनिक भए । भक्तपुरको मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोककी १० वर्षीया बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बुका ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । भक्तपुरमै धम्क्याएर १५ वर्षीया बालिकालाई बलात्कार गर्ने सिरहाका १८ वर्षीय विजय भुजेल पनि अहिले हिरासतमा छन् । 

किशोरीको सामूहिक बलात्कार

बारा परवानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ती किशोरीलाई बलात्कार गरेका हुन् ।

दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीय नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति चारजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो । घटनालाई लिएर मुम्बईको ओसिवारा पुलिस थानामा एफआईआर दर्ता भएको छ । 

१३ वर्षीया बालिका बलात्कृत

छिमेकीको घरमा भइरहेको पूजामा हिँडेकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा भीमेश्वर नगरपालिका-४३ वर्षीय रामबहादुर तामाङ पक्राउ परेका छन् । बालिकालाई पूजा घर जान नदिइ जबरजस्ती करणी गरेको आरोप उनीमाथि लगाइएको छ । 

अनि उनी निःशब्द भइन्

त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौंमा ७ वषर्ीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरहन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो । 

झारफुक बहानामा बलात्कृत

मध्यपुर थिमि नगरालिका-१ लोकन्थलीमा झारफुकको बहानामा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । महानगरीय प्रहरी वृत्त ठिमीले झारफुकको बहानामा बालिका बलात्कार गर्ने मकवानपुरगढी गाउँपालिका घरभई चाँगुनारायण-८ बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई पक्राउ गरेको छ । 
ADVERTISEMENT

८१ वर्षीया वृद्धा बलात्कृत

रघुगंगा गाउँपालिकाकी ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजे आफ्नै घरमा सुतिरहेकी उनलाई स्थानीय ३३ वर्षीय गोरे दर्जीले बलत्कार गरेको प्रहरीले बताएको छ । वृद्धाले कान पनि नसुन्ने र बोल्न पनि नसक्ने स्थानीयले जानकारी दिए ।

बुबाबाट बलात्कृत बालिकालाई क्यान्सर भएको शंका, कुर्ने मान्छेसम्म छैनन्

जन्म दिने आमाले छाडेर गएपछि उनी आफ्नै बुबाबाट बलात्कृत भइन् । पहिलोपटक बुबाबाट बलात्कृत हुँदा संरक्षण गर्ने हजुरआमा बितिन् । त्यसपछि उनका पिताले पुन: बलात्कार गरे ।दोस्रोपटकको बलात्कार सहन नसकेपछि भने उनले उजुरी गरिन् । प्रहरीमा उजुरी गरेसँगै राक्षसरूपी बुबा जेल चलान भए ।

बलात्कृत बालिकालाई क्यान्सरः अस्पतालमा कुर्ने कोही छैन

जसले जन्म दिइन्, उनैले छाडेर गइन् । जसलाई बुबा भनिन्, उनैबाट बलात्कृत भइन् । पहिलोपटक बुबाबाट बलात्कृत हुँदा संरक्षण गर्ने हजुरआमाले सधैंका लागि बिदा लिइन् । दोस्रो पटकको बलात्कार सहन नसकेपछि आफैंले उजुरी गरिन् । त्यसपछि राक्षसरूपी बुबा पनि जेल चलान भए ।

छोरी बलात्कृत भएको भन्दै बावुले दिए प्रहरीमा उजुरी

चपाकोट नगरपालिकाकी १४ वर्षीया एक बालिका बलात्कृत भएकी छन् । चापाकोट–५ का खगेन्द्र गैह्रे (सार्की)ले उनलाई फकाईफुलाई करणी गरेको आरोपमा पीडितका आफन्तले वडा प्रहरी कार्यालय वालिङमा उजुरी दर्ता गराएका छन् ।

बाजुरामा १२ वर्षीया बालिका बलात्कृत

बाजुरामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका थापाले बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले बताए ।

छिमेकीबाटै नाबालिका बलात्कृत

पर्साको पकाहामैनपुर गाउँपालिका १ धोरेकी ५ वर्षीया बालिका बलात्कृत भएकी हुन् । स्थानीय बालिकालाई उनकै छिमेकी २० वर्षीय देवकुमार पटेलले जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । 

सप्तरीमा ६ वर्षीया बालिका बलात्कृत

सप्तरीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । अग्नीसाइर कृष्णासवरण गाउँपालिका १ जण्डौलकी ती बालिकालाई स्थानीय २० वर्षीय सुन्दरकुमार सदाले बलात्कार गरेको प्रहरीले जनाएको छ । मंगलबार साँझ भएको उक्त घटनाबारे प्रहरीले बुधबार साँझ मात्र जानकारी दिएको हो ।

धनुषामा ७ वर्षीया बालिका बलात्कृत

धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ सडियामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमै रहेकी उनलाई सोमबार राति १० स्थानीय २५ वर्षीयका रोशन बस्नेतले चकलेट दिने बहानामा उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।