नेकपाको भ्रातृसंगठनमा भागबन्डा 

नेकपाले पार्टीका भातृसंगठनको नेतृत्व टुंग्याएको छ । सचिवालयको बिहीबारको बैठकले संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो । पार्टी एकता एक वर्ष पुगेको अवसरमा शुक्रबार हुने कार्यक्रममा उनीहरूको नाम घोषणा गरिनेछ । 

नेकपाको एक वर्ष: पार्टी सञ्चालनमा प्रश्नैप्रश्न

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको शुक्रबार एक वर्ष पुग्दै छ । यो अवधिमा पार्टी सञ्चालन प्रक्रियाप्रति नेतृत्वमाथि प्रश्नैप्रश्न उब्जिएका छन् । केन्द्रदेखि स्थानीय तहसम्मका नेता-कार्यकर्ताले अझै पूर्ण रूपमा काम पाउन सकेका छैनन् । जसका कारण पार्टीको ठूलो शक्ति खेर गएको नेताहरू बताउँछन् । करिब दुई तिहाइ सिट जितेको चुनावी गठबन्धनलाई एकतामा रूपान्तरण गर्दा नेता-कार्यकर्तामा जुन उत्साह थियो, त्यो एक वर्षमै क्षीण भएको छ । 

नेकपा स्थापना दिवस– 'कांग्रेस राजतन्त्र फर्काउन हिँड्यो’

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई राजतन्त्र फर्काउने सपना बोकेर हिंड्न थालेको आरोप लगाएका छन् ।

नेकपा स्थापना दिवस : मञ्चमा अध्यक्षद्वयको हालीमुहाली, सभा छाडेर हिँडे नेपाल

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खालका कुर्सी थिए– सोफावाला । अरू सातवटा सामान्य फलामका । अर्थात् विशिष्ट र कनिष्ठ झल्किने खालको दृश्य कुर्सीको व्यवस्थापनमा देखिन्थ्यो । 

नेकपा संसदीय दल बैठक : सरकारले समन्वय नगरेको आरोप

गण्डकी प्रदेशमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले प्रदेशमा सरकार प्रभावकारी रूपमा सञ्चालन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । झन्डै तीन महिनापछि शुक्रबार बेलुकी अबेरसम्म चलेको संसदीय दलको बैठकमा उनीहरूले सरकार र मन्त्रीले आफूहरूसँग समन्वय र सहकार्य नगरेको गुनासो पनि गरे ।