चालक परिवर्तनले त्रिशूलीमा बस खसेको यात्रुको दाबी, मृतकको संख्या ९ पुग्यो [अपडेट]

गजुरी ६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट आइतबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेको उद्धारमा खटिएका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना  ७ ख ४३८७ नंबरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो ।

त्रिशूलीमा बस खस्यो, पाँचजनाकाे मृत्यु, २८ घाइते (अपडेट)

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।