कान्तिपुर हाफ म्याराथन: करिब ३५ सय जना दौडिए[फोटोफिचर]

'एन्टी पोलुसन रन' को नारा दिइएको कान्तिपुर हाफ म्याराथनको नवौं संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता जनाएका छन् । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियो । ५ किमि कर्पोरेट र मिडिया दौडमा पुरुषतर्फ १ हजार ४ सय र महिलातर्फ ८ सय १५ जनाले फारम भरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दौडको उद्घाटन गरेका थिए ।

तस्बिरमा कान्तिपुर हाफ म्याराथन

कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण शनिबार सम्पन्न भएको छ। 'एन्टी पोलुसन रन' को नारा दिइएको यस संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता जनाएका छन् । यो अहिलेसम्मकै सर्वाधिक सहभागिता हो । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट आज बिहान ७ सुरु भएको थियाे। हाफ म्याराथन महिला र पुरुष, ५ किलोमिटर कर्पोरेट दौड र हि्वलचियर दौड गरी ३ विधामा ३ हजार ४ सय ७५ जनाले फाराम भरेका थिए ।

नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश र विश्वरुपालाई

नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको पुरुषतर्फको उपाधि अनिश थापामगरले जितेका छन् भने महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन्।

कान्तिपुर हाफ म्याराथन : कर्पोरेट-मिडिया दौडको उपाधि राजेश र काजललाई

कान्तिपुर हाफ म्याराथन अन्तर्गत ५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । साविक विजेता अजय तामाङलाई करिव ३५ सेकेन्डले पछि पार्दै राजेशले १७ मिनेट २०.०८ सेकेन्डमा निर्धारित दुरी पुरा गरे ।

कान्तिपुर हाफ म्याराथन : ह्विलचेयर दौडमा यामी र रामबहादुरद्वारा उपाधि रक्षा

नवौं कान्तिपुर हाफ म्याराथनको ह्विलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि रक्षा गरेका छन् । गत संस्करणमा पनि यी दुई च्याम्पियन बनेका थिए ।

कान्तिपुर हाफ म्याराथन : ३५ सयको सहभागिता निश्चित

कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण शनिबार आयोजना हुँदै छ । 'एन्टी पोलुसन रन' को नारा दिइएको यस संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता निश्चित गरेका छन् । यो अहिलेसम्मकै सर्वाधिक सहभागिता हो । 
ADVERTISEMENT