बन्द

नेत्रविक्रम चन्दको बन्द : देशका विभिन्न ठाउँमा बम निष्क्रिय

प्रहरी प्रधान कार्यालयका अनुसार प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले देशभर विभिन्न स्थानमा सवारीमाथी आगजनी गरेका छन् । प्रहरीका अनुसार रामेछापमा न ८ ख ३७७० नम्बरको टिपरमाथि आगजनी गरेर पूर्ण क्षति भएको छ । त्यस्तै मकवानपुरमा ना ७ ख ९४९३ नम्बरको ट्रक आगजनीले पूर्ण क्षति भएको छ ।

नुवाकोटको एक स्थान बिस्फोट, एक डिस्पोज

विदुरनगरपालिका वडा ५ कार्यालय माझिटार नजिक सुतली बम विस्फोट भएको छ । कार्यालयबाट बिजुलीको तार जोडी १५ मिटर सडकको नालीमा सुतली बम बिस्फोट गराइएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए । 

चन्द समूहलाई राज्यले नियन्त्रण गर्छ र मूलप्रवाहमा पनि ल्याउँछ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले केही समय यता नेकपा नेक्रवित्रम चन्द नेतृत्वको समूहले संविधान, शान्ति र राज्य व्यवस्थाको विरुद्ध गैरकानुनी गतिविधिहरु गर्दै आएको र त्यसलाई समाधान गर्न सरकार लागि परेको बताएका छन् । 

बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त हुँदैन : दाहाल

सत्तारुढ नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् ।