ऊन ल्याउँदै खुल्यो तातोपानी नाका

भूकम्प लगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चारवर्षपछि निर्माणाधिन् मितेरी पुलबाट चारवटा कन्टेनरसहित ऊन ल्याउँदै सञ्चालनमा आएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सांसद्वय र चीनका वाणिज्य उपमन्त्री झाङ जि वइन, राजदूतसहितको दुवै देशको उच्च अधिकारीले संयुक्त रुपमा रिबन काट्दै चारवटा कन्टेनरमा ऊन लोड गरेर नाका खुलेको औपचारिक घोषणा गरे । 

जब रातो कार्पेटमा कण्टेनर गुड्यो ...

पुलमा रातो कार्पेट बिच्छ्याइएको छ । पंक्तिवद्ध रुपमा नेपाली र चिनियाँ अधिकारी उपस्थित छन् । लाग्छ आज नयाँ बेहुली भित्र्याइँदैछ । नेपाली र चिनियाँ झण्डा फहराइएको छ । फूलका बुकी बोकेका नेपाली र चिनियाँ नागरिक लामवद्ध भएर बसेका छन् । यो दृश्य हो तातोपानीमा अवस्थित नेपाल र चीन जोड्ने मितेरी पुलको ।

‘तातोपानी नाकाले बीआरआई गतिशील’

तिब्बतले नेपाल र चीनबीचको उत्तरी नाका तातोपानीको सञ्चालन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को गतिशीलताको महत्त्वपूर्ण चरण भएको जनाएको छ । तातोपानी नाका पुनः सञ्चालनबारे तिब्बतको राजधानी ल्हासामा गरिएको पत्रकार सम्मेलनमा तिब्बती अधिकारीहरूले यस्तो बताएका हुन् ।

‍खुल्यो तातोपानी नाका

भूकम्पलगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चारवर्षपछि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाए पछि अनाैपचारिक रुपमा नाका खुलेकाे हाे ।

तातोपानी नाकाबाट तत्काल मालसामान मात्रै

चार वर्षअघिको भूकम्पका कारण ध्वस्त भएको नेपाल-चीन तातोपानी नाका सञ्चालनमा आउने भएको छ। २०७२ वैशाख १२ को भूकम्पले पूर्वाधारमा नराम्ररी क्षति पुगेपछि नेपालले व्यापारिक तथा पर्यटकीय आम्दानी गुमाउन पुगेको थियो। चीनले यो नाका पुनः सञ्चालनको अग्रसरता लिएपनि तत्काल पर्यटक आवतजावतको लागि भने खुल्ला नगर्ने देखिएको छ।