मुग्लिन पुल

मुग्लिन पुल आजदेखि दैनिक १० घण्टा बन्द

मुग्लिनमा नवनिर्मित पुल सञ्चालनमा ल्याउने तयारीका लागि दिनमा दुईपटक गरी १० घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनलाई गण्डकी प्रदेशसँग त्रिशूलीमाथिको पुलले जोडेको छ ।

पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड बन्द हुने

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो ।

पुल निर्माणमा लापरबाही

पहिलो पटक स्ल्याब राखेको चौथो दिनमा दुवैतिरका बिम भाँचिएर पुल भत्कियो । गुणस्तरहीन सामग्री प्रयोग गरेर बिम र स्ल्याब राखेका कारण पुल भत्किए पनि सडक विभागका कर्मचारी र निर्माण कम्पनीको मिलोमतोमा खोलाले बगाएको रिपोर्ट बनाइयो । प्रतिवेदनमा गुणस्तरहीन सामग्री प्रयोग भएको विषयमा कुनै उल्लेख नै भएन । 

सरौंदीमा आर्क प्रविधि पुल

कास्कीको भरतपोखरी र स्याङ्जाको टक्सार जोड्न सरौँदी खोलामाथि फनिकुलर आर्क प्रविधिबाट पक्की पुलको निर्माण गरिएको छ  । प्रदेश मन्त्रालयअन्तर्गत बनेको उक्त पुल नेपालमै नौलो प्रविधिको रहेको दाबी प्राविधिकको छ  ।

आँखा पुग्छ आर्क पुलमा

बिजुलीबजारस्थित धोबीखोला पुगेपछि प्रायः सबैका आँखा पुग्छन् कलात्मक पुलमा  । नयाँ प्रविधिबाट बनेको फरक खाले पुलले सबैको ध्यान तानेको हो  ।

आर्क ब्रिज निर्माण रोकियो

नेपालमै पहिलोपटक निर्माण हुन लागेको नेटवर्क आर्क ब्रिजमध्ये तीनकुनेको पुलको काम रोकिएको छ । झन्डै ४ महिनादेखि दुवैतर्फको पुलको काम ठप्प रहेको छ ।