प्रधानमन्त्री ओली भारत भ्रमणमा

मोदीको शपथमा ओली

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सरिक भएका छन् । समारोहमा सहभागी हुन ओली अपराहन दिल्ली आइपुगेका थिए ।कार्यक्रममा बिमस्टेक सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख, मोरिससका प्रधानमन्त्री, किर्गिस्तानका राष्ट्रपतिलगायत विशिष्ट पाहुनाको उपस्थिति थियो । शपथग्रहण समारोहमा करिब ६ हजार पाहुनालाई निम्तो गरिएको थियो । 

समकक्षी मोदीको शपथमा भाग लिन दिल्ली आइपुगे प्रधानमन्त्री ओली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली दिल्ली आइपुगेका छन् । ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट अपराह्न तीन बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा ओर्लिएका हुन् । 

मोदीको शपथ ग्रहणमा भाग लिन ओली भारत प्रस्थान

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नेपालका समकक्षी केपी शर्मा ओली बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन् । मोदीले शपथ ग्रहण समारोहमा निम्ता दिएलगत्तै प्रधानमन्त्री ओलीले औपचारिक भ्रमणमा जान स्वीकार गरेका थिए ।