विश्व वातावरण दिवस

प्रकृति जोगाउन वरपीपल रोपौँ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई माया गरे मात्र प्रकृतिले हाम्रो संरक्षण गर्ने बताएकी छन् । यसका लागि परम्परागत प्रकृति संरक्षण गर्ने मान्यताहरू व्यवहारमा उतार्न उनले आग्रह गरिन् ।

‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ हाम्रो अभियान हो : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा बुधबार  भिडियो सन्देश दिँदै उनले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै अभियानलाई निरन्तरता दिइएको बताए ।