यसरी मनाइयो सुनसरीमा इद उल फित्र [फोटोफिचर]

इस्लाम धर्मावलम्बीहरुको महान् चाड इद उल फित्र सुनसरीका मुस्लिम समुदायले पनि एक अर्कालाई शुभकामना आदानप्रदान गर्दै मनाए । आफूभित्रको हैबानलाई सदा परास्त गर्न र नेकीका रास्तामा आफूलाई हिँडाउनका लागि पायक पर्ने इदगाहमा प्रार्थना गर्दै मुस्लिमहरुले शुभकामना साटासाट गर्दै इद उल फित्र मनाएका छन् । इस्लामिक क्यालेण्डर अनुसार एक महिना लामो ब्रत रोजा तोडेपछि इद उल फित्र मनाइन्छ ।

कपिलवस्तुमा इद उल–फित्रको रौनक [फोटोफिचर]

इस्लाम धर्मको पर्व इद उल–फित्र कतिलवस्तुमा बुधबार धुमधामले मनाइँदैछ । इदका दिन इस्लाम धर्मावलम्बीहरुले कपिलवस्तु नगरपालिकाको बसपार्क र छोट्की तौलिहवास्थित इदगाहमा पुगेर नमाज पढेका थिए । सानादेखि ठूलो सबै बिहानै सफासुग्घर भई नयाँ कपडा लगाएर नमाज पढ्न पुगेका थिए ।