श्रीलंकालाई धक्का

सेमिफाइनलमा पुग्ने सम्भावना सकिसकेको दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकपमा आफ्नो दोस्रो जित निकाल्ने क्रममा श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ । यो नतिजाले श्रीलंकाको सेमिफाइनल दौडमा भने गम्भीर धक्का लागेको छ । सेमिफाइनल आशा कायमै राख्न श्रीलंकाले बाँकी दुवै खेलमा स्पष्ट जित निकाल्नुपर्नेछ । 

स्तब्ध पार्ने भारतको तयारी

प्रारम्भिक ब्याट्सम्यान लोकेल राहुलले आत्मविश्वासी भारतले विश्वकपमा इंग्ल्यान्डको चुनौती समाप्त पार्न स्तब्धपूर्ण नतिजा निकाल्ने दाबी गरेका छन् । दुई टिमबीचको खेल आइतबार हुनेछ । 

भविष्यप्रति आशावादी रोच

तीव्र गतिका बलर केमर रोचले वेस्ट इन्डिज बिहीबार भारतसँग पराजित हुँदै विश्वकपबाट बाहिरिए पनि टिमको भविष्यलाई लिएर आशावादी रहेको बताएका छन् । 

अस्ट्रेलिया सेमिफाइनलमा

इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात पार्दै अस्ट्रेलिया १० राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थानमा उक्लिँदै नकआउट चरणमा प्रवेश गरेको हो । 

राबाडाले सिकेको पाठ

विश्वकपमा आफ्नो चुनौती समाप्त भएको पीडाबाट गुज्रिरहेको दक्षिण अफ्रिकी बलर कागिसो राबाडाले टिमको खराब प्रदर्शनबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

सकिबको सपना

विश्वकपमा राम्रो खेलिरहेको बंगलादेशका सकिब अल हसनले सेमिफाइनल प्रवेश निश्चित गर्न भारतको सामना गर्दा त्यसमा प्रख्यात जित निकाल्ने सपना बुनेका छन् ।
ADVERTISEMENT

संयमित न्युजिल्यान्ड, अनिश्चित पाकिस्तान

अर्को एक जितले न्युजिल्यान्डले सेमिफाइनलमा आफ्नो जित सुनिश्चित गर्नेछ । अर्कोतर्फ प्रतियोगितामा टिकिराख्न र सेमिफाइनल प्रवेशको सम्भावना जीवितै बनाउन पाकिस्तानका लागि पनि कम्तीमा जित जरुरी छ ।

तीन मुख्य प्रतिस्पर्धा

विश्वकपकाे बहुप्रतीक्षित खेलमध्ये एक इंग्ल्यान्ड र अष्ट्रेलियाले मंगलबार प्रतिष्पर्धा गर्दै छन् । आयाेजक टाेली इंग्ल्यान्डले अहिलसम्म पािकस्तान र श्रीलंकासँग दुई हार बेहाेरेकाे छ । समान ६ खेल खेलेकाे अष्ट्रेलियाले ५ खेल जितेकाे छ भने भारतसँग हारेकाे छ । यस खेलमा हुने मुख्य ती प्रतिष्पर्धा यस्ताे छ :

सकिबको अलराउन्ड जादु

सकिब अल हसनले सानदार अलराउन्ड प्रदर्शन गर्दै सोमबार अफगानिस्तानमाथि ६२ रनको विजय दिलाएपछि बंगलादेशको विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने आशामा ठूलो बल मिलेको छ । 

इंग्ल्यान्डले अस्ट्रेलियाको चुनौती झेल्नुपर्ने

इंग्ल्यान्ड माथिल्लो दर्जाका टिमलाई हराउन असफल खेलाडीको समूह हो त ? विश्वकपमा अस्ट्रेलियाविरुद्धको महत्त्वपूर्ण खेलअघि कप्तान इयान मोर्गनलाई सोधिएको अप्ठ्यारो प्रश्न हो यो । लर्ड्समा मंगलबार हुने खेल प्रतियोगिताकै एक निर्णायक खेल हुन सक्नेछ ।

आर्चरले स्मिथलाई साथी नसोच्ने

इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले मंगलबार विश्वकपमा अस्ट्रेलियाको सामना गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल) मा सँगै खेलेका अस्ट्रेलियाका स्टिभ स्मिथलाई साथीका रूपमा नसोच्ने बताएका छन् ।

पाकिस्तानलाई जितको स्वाद

पाकिस्तानले आइतबार लर्डसमा ४९ रनको विजय हात पारेपछि दक्षिण अफ्रिका विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तानको पनि नकआउट चरणमा पुग्ने झिनो आशा मात्र छ । 

जितको खोजीमा अफगानिस्तान

शनिबारमात्र अफगानिस्तानले विश्वकपकै प्रमुख दावेदारमध्ये एक भारतविरुद्ध जितनजिक पुगेर पराजय बेहोर्नुपरेको थियो । बंगलादेशविरुद्ध सोमबार हुने खेलमा अफगानिस्तानले विश्वकपमा आफ्नो पहिलो जितको अपेक्षा गर्नेछ । 

भारतले खतरा टार्‍यो

मोहम्मद सामीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिएपछि भारतले विश्वकपमा शनिबार अफगानिस्तानलाई ११ रनले पराजित गरेको छ । विश्वकप इतिहासमै अप्रत्यासित नतिजाको नजिक पुगेर अफगानिस्तान चुक्यो ।

भारतसँग हार्दा मनोवैज्ञानिक विचलन

पाकिस्तानका कप्तान सरफराज अहमदले विश्वकपको पछिल्लो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग बेहोरेको लज्जास्पद हारले टिमको मनोबल कमजोर भएको स्विकारेका छन् । 

पाकिस्तानी लक्ष्य सुधारिएको प्रदर्शन

पछिल्लो खेलमा भारतविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा निकै नै कमजोर प्रदर्शन गरेको पाकिस्तानले आइतबार लर्डसमा दक्षिण अफ्रिकाविरुद्ध सुधारिएको प्रदर्शनसहित जितको लक्ष्य लिएको छ । 

अस्ट्रेलिया शीर्षमा

अस्ट्रेलिया बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरी विश्वकप क्रिकेटको अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । अस्ट्रेलिया ६ मध्ये ५ खेल जितेर शीर्षस्थानमा रहेको छ । 

वार्नरले मागे माफी

डेविड वार्नरले दुर्घटनावश टाउको फुटाइदिएकोमा आफ्नी आमासँग माफी मागेको जयकिसन प्लाहाले बताएका छन् । जुन ९ मा विश्वकप क्रिकेटमा भारतसँगको खेलअघि अस्ट्रेलियाली ब्याट्सम्यान वार्नरले नेट्समा प्रहार गरेको बलले बलर प्लाहाको टाउको फुटेको थियो । 

बंगलादेश र वेस्ट इन्डिजको महत्त्वपूर्ण खेल

बंगलादेश र वेस्ट इन्डिज दुवै टिमले यस विश्वकपमा सानदार सुरुआत गरेका थिए । उनीहरूले त्यस सफलतालाई निरन्तरता दिन असफल रहे । 

भारत–पाकिस्तान आज एकअर्काको सामना गर्दै, यस्तो छ विगत...

भारत र पाकिस्तानबीचको खेल यस्तो हुन्छ कि रंगशाला भरिभराउ त छँदै छ, विशाल टीभी रेटिङको पनि विश्वसनीय ग्यारेन्टी हुनेछ । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत ओल्ड ट्राफोर्डमा यी कट्टर प्रतिद्वन्द्वीबीच हुने आइतबारको भिडन्त पनि यसअघिका खेलहरूभन्दा फरक हुनेछैन ।

अस्ट्रेलिया शीर्षमा

अस्ट्रेलियाले विश्वकप क्रिकेटमा शनिबार श्रीलंकालाई ८७ रनले पराजित गरेको छ । ५ खेलमा चौथो विजय हात पारेपछि पाँच पटकको विजेता अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कप्तान आरोन फिन्चको १ सय ५३ रनमा अस्ट्रेलियाले ३३४–७ को स्कोर बनायो । श्रीलंका ४५.५ ओभरमा २ सय ४७ रनमा अलआउट भयो । 

यो क्रिकेट खेल मात्रै होइन

विराट कोहलीका लागि इतिहास उनीहरूकै पक्षमा हुनेछ, जब भारतले आइतबार विश्वकपमा चीर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ । विश्वकपको सबैभन्दा प्रतीक्षित यस भिडन्त जहिले पनि क्रिकेट खेलभन्दा माथि हुने गरेको छ । 

दक्षिण अफ्रिकाको पहिलो जित

दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गर्दै शनिबार राति विश्वकपमा आफ्नो चुनौती जीवन्त राख्यो । उसले अफगानिस्तानलाई नौ विकेटले पराजित गरेको हो । 

पाकिस्तान नम्र नहुने

पाकिस्तानले इंग्ल्यान्डलाई हराएयता शुक्रवार विश्वकपमा श्रीलंकाको सामना गर्नेछ र त्यस अगाडि प्रशिक्षक माइक आर्थरले आफ्ना खेलाडीलाई नम्र नभएर नखेल्ने बताएका छन् । लगातार कहिले कस्तो खेल्न अनुमान गर्न नसकिने पाकिस्तानले ट्रेन्ट ब्रिजमा भएको खेलमा आयोजक देशलाई हराउन चर्को दबाब सामना गरेको थियो ।