हावाहुरी

हावाहुरीले कैलालीमा दुईजनाकाे मृत्यु, ७५ घाइते (अपडेट)

बिहीबार राति आएको हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएकाे छ । ७५ बढी घाइते छन् । ठूलो मात्रामा भौतिक क्षति भएको छ । 

हावाहुरी प्रभावित १५ सय विद्यार्थीलाई पाठ्य सामाग्री

बाराका हावाहुरी प्रभावित विद्यार्थीहरूलाई पाठ्य सामग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेन र स्थानीय जनजागरण युवा क्लबको सहकार्यमा यहाँका दुई दर्जन बढी विद्यालयका छात्रछात्रालाई पाठ्य सामाग्री वितरण गरिएको हो ।

हावाहुरी र वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले शनिबार काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । 

हावाहुरी पीडितलाई सहयोग : प्रदेश १ ले दियो १ करोड

बारा र पर्सामा हावाहुरीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश १ को सरकारले १ करोड रुपैयाँ सहयोग गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सोमबार जनकपुर पुगेर उक्त रकम प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई हस्तान्तरण गरे ।

हावाहुरीले ११ घर क्षति

संखुवासभाको धर्मदेवी नगरपालिकामा पानीसँगै एक्कासी आएको हावाहुरीले ११ घरमा क्षति पुर्‍याएको छ । हावाहुरीले करिव २ करोड बरावरको क्षति पुर्‍याएको धर्मदेवी नगरपालिकाले जनाएको छ ।

हावाहुरीले क्षति

असिनापानीसँगैको हावाहुरीले जिल्लाका धेरैजसो स्थानमा क्षति पुर्‍याएको छ । बुधबार साँझको हुरीले सबैभन्दा बढी कुश्मा- ९ कटुवाचाैपारीमा क्षति पुगेको छ । 
ADVERTISEMENT
ADVERTISEMENT

हावाहुरीले पूर्वी नवलपरासीका विद्यालय बन्द  

हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो ।

हावाहुरीले विद्युत् अवरुद्ध

हावाहुरीले जिल्लाको उत्तरी क्षेत्रमा ब्यापक क्षति गरेको छ  । उत्तर पश्चिम दिशाबाट सोमबार बिहानपख पानीसँगै आएको हुरीले कतै घरका छाना उडाएको छ भने उत्तरी क्षेत्रमा दिनभरजसो विद्यत् सेवा अवरुद्ध रह्यो  । आँप लिचिका चिचिला र तरकारी बालिमासमेत क्षति पुगेको छ ।

आठौं राष्ट्रिय खेलकुद : हावाहुरीले क्रिकेट मैदानमा क्षति

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला त्रिकेट प्रतियोगीता भैरहेको लमही क्रिकेट मैदानमा सोमबार बेलुका आएको हावाहुरीले क्षति पुर्‍याएको छ ।

हावाहुरीले कृषिमा ५० करोड क्षति

बारा र पर्सामा आएको हावाहुरीबाट कृषि क्षेत्रमा ५० करोड रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । कृषि मन्त्रालयले प्रभावित क्षेत्रको अवलोकनपश्चात् तयार पारेको प्रतिवेदनअनुसार हुरीबाट बालीमा ५० करोड करोडको क्षति पुगेको छ । 

बेघर बनायो हावाहुरीले

गत आइतबार राति आएको हावाहुरीले यहाँ धेरैको बेघर बनाएको छ । यहाँका बासिन्दाहरु हावाहुरीले घर भत्काइदिएपछि सुंगुर बस्ने खोरमा बस्न बाध्य छन् । कतिपय काज किरियाका लागि भग्नावशेष हटाउँदै छन् ।

हावाहुरीले २ हजार विद्युत पोल ढले, १५ करोड क्षति भएको अनुमान

गएरातिको हावाहुरीका कारण २ हजार विद्युत पोल ढलेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । कलैया वितरण केन्द्र अन्तर्गत मात्रै एक हजारदेखि १५ सय सम्म विद्युत पोल ढलेको प्राधिकरणको अनुमान छ ।