नेपाल-मौरिसस

नेपाल र मौरिससबीच श्रम समझदारीमा हस्ताक्षर

नेपाल र अफ्रिकी मुलुक मौरिससबीच मंगलबार जेनेभामा द्विपक्षीय श्रम समझदारी भएको छ । श्रममन्त्री गोकर्ण विष्ट र समकक्षी सुदेश एस क्यालिचनबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै जना अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवाषिर्कीमा सहभागी हुन जेनेभा पुगेको मौकामा समझदारी गरिएको हो ।