हज समितिमा भ्रष्टाचार

हज समितिको टिकट खरिदमा ३८ लाख भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हज कार्यसम्पादन उपसमिति (२०७४) का अध्यक्ष मोहम्मद शोएबसहित १० जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०७४ सालमा उपसमितिका अध्यक्ष शोएबसहितले सार्वजनिक खरिद ऐनविपरीत हजयात्रीका लागि मक्कामदिना जाने–आउने हवाई टिकटका लागि दोस्रो कम अंक कबोल गर्ने हिना ट्राभल्स एन्ड टुर्सको बोलपत्र स्वीकृत गरी ३८ लाख रुपैयाँ अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।