निजी आवास पुनर्निर्माणमा ८२ प्रतिशत प्रगति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । निजी आवास पुनर्निर्माणका सम्बन्धमा ८२ प्रतिशत उपलब्धि हासिल गरेको प्राधिकरणको वक्तव्यमा छ । उक्त प्रयोजनका लागि अनुदान सम्झौता गरेकामध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको र ३० प्रतिशतले घर बनाउँदै गरेको प्राधिकरणले जनाएको छ ।