चौतर्फी दबाबपछि सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता 

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । चौतर्फी दबाबपछि सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा विभाग पुगेको हो । विभागका प्रवक्ता तीर्थ खनालले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको कान्तिपुरलाई जानकारी दिए।

सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढ्यो, ट्याक्सीको भाडा प्रणाली परिवर्तन  

यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढाएको छ । काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनको भाडा १२ प्रतिशत, उपत्यकाबाट लामो दूरी तथा मालबाहकमा २० प्रतिशत भाडा वृद्धि गरिएको हो । स्थानीय रुटमा चल्ने बसमा न्यूनतम १४ रुपैयाँ रहेकोमा अब यात्रुले १६ रुपैयाँ तिर्नु पर्ने छ ।