भारतमा खानेपानी हाहाकार

प्रधानमन्त्री नरेन्द्र मोदीले एक साताअघि देशभरका २ लाख ४० हजार पञ्चायत प्रमुखहरूलाई सम्बोधन गर्दै एउटा पत्र पठाए । ‘वर्षा सुरु हुन लागेको छ । त्यसैले हामी सबैले पानी संरक्षण गर्न सम्भव भएसम्म आवश्यक प्रयास र विधि अवलम्बन गरौं,’ पत्रमा भनिएको थियो । 

पानी परे निदाउँदैनन् सुकुम्बासी

‘असार लाग्यो अब त राति निदाउन कहाँ पाइन्छ र ? पानी पर्‍यो भने छोराछोरी सुत्छन् हामी बुढाबुढी त खोला हेरेर रात बिताउँछौं ।’यो भनाई विराटनगर महानगरपालिका १९ खदराबस्तीकी सावित्रा ऋषिदेवको हो । स्थानीय खदरा खोला किनारमा जस्ताले छाएको सानो माटोको घरमा उनी आफ्ना ३ सन्तान र श्रीमानसहित बस्नथालेको लगभग २० वर्ष भयो ।

पानी नपर्दा रोपाइँ ढिलाइ

धनगढी १३ की ६० वर्षीया बाटुदेवी बलायर खेततिर हेर्दै टोलाउँदै थिइन् । गत वर्ष यति बेलासम्म खेतमा रोपेको धान हरियो भइसकेको बताउँदै उनले यसवर्ष रोपाइँ गर्न ढिलो भइसकेको सुनाइन् । 

मेलम्चीको ठेक्का आह्वान, ११ महिनामा पानी आउने

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम गर्न ठेक्का आहवान गरेको छ । करिब ६ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउन ठेक्का आहवान गरिएको हो । 

भारतमा अत्यधिक गर्मी : 'लू’ र इन्सेफ्लाईटिसले २०० भन्दा बढीको मृत्यु 

अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका कारण तातो हावा (लू) चल्नाले मानिसको दैनिकी कष्टकर बन्नुका साथै कैयौंले ज्यान गुमाएका छन् ।

मनसुन बंगालको खाडी आसपासमै रोकियो, जलवाष्पयुक्त वायुसमेत 'ट्र्याप' भएपछि गर्मी बढ्यो

मौसमी प्रणाली नै बंगालको खाडी आसपासमै रोकिएपछि (ट्र्याप) नेपालतिर आउने मनसुनी प्रणालीसमेत अवरुद्ध भएको छ । जसका कारण मनसुन ढिला भइरहेको छ भने उखरमाउलो गर्मी बढिरहेको छ । 

अत्यधिक गर्मीले जनजीवन प्रभावित

इलामका दिलाराज गोर्खाली विराटनगर आएको एक महिनामात्रै भयो । उनी एक छोरा र श्रीमतीसहित अटो रिक्सा चलाउन विराटनगर झरेका हुन् । तीन दिनदेखि बढेको गर्मीमा उनले अटो चलाउन सकेका छैनन् । शुक्रबार पनि गर्मीका कारण अटो चलाउन नसकेर उनी दिनभर शितल छहारीमा बसी रहे ।