सूर्योदयसँगै अस्ताए ‘डीआर दाइ’

पूर्वशिक्षा मन्त्री धनीराम पौडेल (डि.आर) पछिल्लो समय प्रायः शिक्षा मन्त्रालयमा नै भेटिन्थे । सरकारले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगका सदस्य थिए उनी । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको आयोगमा पूर्वशिक्षा मन्त्रीद्वय पौडेल र गंगालाल तुलाधर पनि सदस्य थिए ।

नेकपा अध्यक्ष दाहालद्वारा दिवंगत पौडेलप्रति श्रद्धाञ्जली

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताले पूर्वमन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका छन् । शुक्रबार चितवनको माडी पुगेर अध्यक्ष दाहाल, नेकपाका नेता वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री एवं नेकपाका नेता रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखडेल, देव गुरुङ, नारायणकाजी श्रेष्ठ लगायतले दिवंगत पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको शुक्रबार बिहान हृदयघातबाट निधन भएको छ ।