च्यारिटीका लागि आनी बेलायत जाने

स्रोत नखुलेको रकम नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धान दायरामा तानिएकी गायिका आनी छोइङ डोल्मा बेलायत आउने भएकी छन् । बौद्ध गुम्बा निर्माणमा सहयोग जुटाउनका लागि गरिन लागेको च्यारिटीमा भाग लिन उनले बेलायत भ्रमण गर्न लागेकी हुन् ।  

आनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा

स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।