गुठी विधेयकमा भूलवश गल्ती भए सच्याउँछौ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।

गुठी विधेयकमा भूलवश गल्ती भए सच्याउँछौ : प्रधानमन्त्री (भिडियोसहित) 

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।   

प्रधानमन्त्री चयनमा अल्झियो बेलायती राजनीति

केही महिनायता ब्रेक्जिट केन्द्रित बेलायतको राजनीति अब नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रियामा छ । प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि सत्तारूढ कन्जरभेटिभ नेताबाट राजीनामा दिएसँगै संयुक्तअधिराज्य मेको उत्तराधिकारी छान्न व्यस्त भएको हो । 

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कँदै

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् । यही जेठ २५ गते स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री भोलि स्वदेश फर्कन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओली केबलकारमा अड्किए

नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् ।

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री बीच भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड बीच बिहीबार भेटवार्ता भएको छ । वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीकालागि प्रेरित गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रवचन दिएको ‘अक्सफोर्ड’ मा सिके राउतको लेक्चर

विखण्डनको मुद्दा छाडेर मुलधारको राजनीतिमा आएका सिके राउत पार्टी दर्ता गरेपछि अन्तर्राष्ट्रिय विश्वविद्यालयमा प्रवचन दिन हिँडेका छन् । अर्को साता उनी तीन दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवचन दिएको  विश्वविख्यात ‘अक्सफोर्ड युनिभर्सिटी’ पुग्दैछन् । 

प्रधानमन्त्री ओली पेरिसमा

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुगेका छन् ।  प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि छन् ।

गोर्खा भर्तीबारे प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, भारत र बेलायतबीच सन् १९४७ को बेलायती सेनामा गोर्खा भर्तीसम्बन्धी सन्धि पुनरावलोकन गर्न ध्यानाकर्षण गराएका छन् ।

बेलायत भ्रमण उपलब्धिमूलक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, 'समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज् मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसँगको भेटले सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको छ ।'

प्रधानमन्त्री ओली रेल चढेर पेरिसतिर

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार दिउँसो लन्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिसतर्फ लागेका छन् ।

लन्डनमा प्रधानमन्त्री : गोर्खा, एनआरएन र व्यापारीसँग बेग्लाबेग्लै भेट

बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ओलीले एकै दिन समकक्षी टेरेजा मे, राजकुमार ह्यारी, प्रतिपक्षी दलका नेता जेरेमी कोर्बिनसहित भूतपूर्व गोर्खा, एनआरएन र व्यापारीको बेग्लाबेग्लै समूहसँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री ओलीलाई टेन डाउनिङ स्ट्रिटमा समकक्षी मेद्वारा स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी टेरेजा मेसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको करिब आधा घण्टा लामो भेटमा दुई देशबीच सम्बन्ध सुदृढबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षीसँग भेट [भिडियोसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी टेरेजा मेसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको करिब आधा घण्टा लामो भेटमा दुई देशबीच सम्बन्ध सुदृढबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले फ्रान्सका समकक्षी फिलिप एडुवार्डसँग भेटवार्ता गर्ने

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहिवार औपचारिक वार्ता हुने टुंगो लागेको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुने भएको हो । वार्ता एक घण्टा चल्ने छ ।

बेलायत पुगेर प्रधानमन्त्री ओलीले भने – 'सरकारकाे नेतृत्व फेर्ने निर्णय पार्टीले गर्छ'

बेलायतको तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ लन्डन उत्रिएका छन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शत वार्षिकी समारोहलाई सम्वोधन गरेर बेलायत आइपुगेका हुन् । 

देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् ।

प्रधानमन्त्री जेनेभामा

प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणको सिलसिलामा आइतबार स्वीट्जरल्यान्डको जेनेभा पुगेका छन् । जेनेभा अन्तरर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि  स्वीस महासङ्घका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई एवं नियोगका अधिकारी, जेनेभा क्यान्टनका काउन्सिलर तथा स्वीस वरिष्ठ अधिकारीले स्वागत गरे । 

प्रधानमन्त्री ओली बेलायती राजकुमार भेट तय

बेलायतको तीन दिने औपचारिक भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी ओली र बेलायती राजकुमार ह्यारीबीच भेटघाट तय भएको छ । प्रिन्स ह्यारीसँग जुन ११ मंगलबार केन्जिङटन प्यालेसमा भेट तय भएको लन्डनस्थित दूतावास स्रोतले जनाएको हो । 

प्रधानमन्त्री युरोप प्रस्थान

प्रधानमन्त्री केपी शर्मा शनिबार साँझ युरोपका तीन देशको साताव्यापी भ्रमणमा प्रस्थान गरेका छन् । २० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओली स्वीटजरल्यान्डको जेनेभा प्रस्थान गरेका हुन् स्वीट्जरल्यान्डको जेनेभापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ ।