प्रदेश ५ काे बजेट : अधिकांश पुराना योजनालाई

चालु वर्षका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटका धेरै अंश पूर्वाधार र कृषिमा केन्द्रित छन् ।

प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड ७८ लाख, पूर्वाधारमा जोड

प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट पेस गरे । यो चालु आवको तुलनामा ११ अर्ब ९९ करोड २१ रुपैयाँ बढी हो । 

कर्णालीको बजेट : सपना गायब, ठोस योजना

सुरुका दुई आर्थिक वर्षमा महत्त्वाकांक्षी योजना सार्वजनिक गर्दै पुँजीगततर्फ अधिक बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि पुँजीगतको दायरा घटाएको छ । जनशक्ति व्यवस्थापन र संरचनामार्फत विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने भन्दै चालु खर्च बढाइएको छ ।

गण्डकीको बजेट ३२ अर्ब १३ करोड

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रुपैयाँ (३८ प्रतिशत) र चालुगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ (६२ प्रतिशत) छुट्याइएको बताए । 

सुदूरपश्चिमको बजेट : कृषि क्षेत्रलाई उच्च प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गरेको छ । बजेटमध्ये चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख ६४ हजार र पुजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

प्रदेश २ को बजेट : आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता

कृषि र उद्योगलाई प्राथमिकता दिँदै प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको छ । 

प्रदेश १ मा कृषि र पूर्वाधारलाई प्राथमिकता

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेका छन् ।