ओलीले विमानस्थलमा भने, ‘उपयुक्त समयमा प्रदेश प्रमुखको विषयमा सोचिन्छ’ (भिडियोसहित)

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले बुधबार सरकारले नियुक्त गरेका प्रदेश प्रमुख नयाँ सरकारले हटाउने संकेत गरेका छन् ।

ताजा जनादेशलाई सरकारले टेरेन : महरा

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै द्विविधा नभएको बताएका छन् । छुट्टै पार्टी, बिचार, संगठनलगायत भएकाले केही समय ढिलाई भएको भन्दै उनले पार्टी एकता भएरै छाड्ने जनाएका हुन । 

‘सरकारअघि नै एकताको स्वरूप’

एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार गर्ने समझदारी गरेका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले दुई दलबीचको एकता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउनेबारे छलफल गरेको हो । 

एमाले बैठकमा ओलीको ब्रिफिङ - एकताबारे बोल्न निषेध

एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको पक्षमा एक सय प्रतिशत दृढ रहेको उल्लेख गर्दै आशंका नगर्न आफ्नै पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।

माधवकुमार नेपालको अन्तर्वार्ता- ‘चुनावयताका सरकारका एकलौटी निर्णय मान्दैनौं’

‘समय’ प्रति निकै सचेत नेतामा गनिन्छन्, माधवकुमार नेपाल । तर चुनाव सकिएको एक महिना बित्दा पनि नयाँ सरकारको खाका कोर्ने माहोल नबन्दा उनी निकै ‘असन्तुष्ट’ मुद्रामा देखिन्थे । ‘कतै षड्यन्त्र हुँदै छैन ?’ उनको आशंका थियो ।

ओलीलाई सत्तारोहणको हतारो !

स्थानीय तह दोस्रो चरणको १४ असारमा चुनाव सकिएकै दोस्रो दिन निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर आग्रह गरे– प्रदेश, राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरियोस् ।
ADVERTISEMENT

एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने माओवादी निर्णय

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बैठकले पार्टी एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ । 

यी हुन् एमालेका प्रदेशसभाका समानुपातिक सांसद (सूचीसहित)

एमालेले प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिकतर्फका सांसदहरुको नाम टुंगो लगाएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकले प्रदेशसभाका समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ ।

नयाँ सरकार गठनबारे ओली-दाहालको छलफल

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेट भएको छ । दाहाल दिउँसो साढे १ बजे ओली निवास बालकोट गएका थिए । भेटमा दुवै नेताले नयाँ सरकार गठन, पार्टी एकीकरण र राष्ट्रिय सभा सम्बान्धि अध्यादेशबारे छलफल गरेका थिए

एमालेसँग एकता गरे छुट्टै पार्टी खोल्ने चेतावनी

एमालेसँगको एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका माओवादी केन्द्रका गोपाल किराँतीलगायतका नेताले छुट्टै पार्टी गठनको तयारी गरेका छन् ।

पार्टी एकता रोकिँदैन : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकता नरोकिने बताएका छन् । बाँदरझुलामा सोमबार आयोजित कार्यक्रममा उनले एकतालाई निष्कर्षमा पुर्‍याउने अन्तिम तयारी भइरहेको दाबी गरे । चितवन ३ बाट विजयी उनले मतदातालाई धन्यवाद दिने क्रममा वाम एकता कसैले बिगारेर नबिग्रिने बताए ।

प्रदेश प्रमुख नहुँदा प्रदेशसभाको परिणाम दिन कानूनी जटिलता

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको परिणाम दिन संवैधिनिक र कानूनी जटिलतमा अल्झिएको निर्वाचन आयोगका अगाडि प्रदेशसभाको अन्तिम परिणाम दिन पनि कानूनी अप्ठयारा आउने देखिएको छ ।

पछाडि फर्कने पुल नै भत्काइसकेका छौं: दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको बताएका छन् । चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको कार्यक्रममा दाहालले पार्टी एकताका सन्दर्भमा मिडियामा कपोलकल्पित र भ्रामकरुपमा आएको उल्लेख गरे ।

वाम गठबन्धनको द्विविधा

प्रतिनिधिसभा र सातवटा प्रदेशसभाको निर्वाचन एकसाथ सफलतापूर्वक सम्पन्न गरेर अन्तर्राष्ट्रिय प्रंशसा बटुलेको नेपालले निर्वाचन परिणामको घोषणा र यसको कार्यान्वयनमा देखाएको ढिलाइले अनावश्यक संशय बढाएको छ । राष्ट्रिय सभा गठनसम्बन्धी कानुन तत्कालीन व्यवस्थापिका–संसद् छँदै तर्जुमा नगर्दाको फलस्वरूप अहिले अध्यादेश–विवाद खडा भएको छ ।

प्रदेश २ को नाम मिथिला राख्न माग

प्रदेश २ को नाम मिथिला राख्नुपर्ने र प्रदेशको सरकारी कामकाजको भाषा मैथिली घोषणा गर्नुपर्ने मागसहितको १३ बुँदे राजविराज घोषणापत्र जारी गर्दै १५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शनिबार सकिएको छ ।

वामपन्थी समीकरणको विकल्प छैन : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ताजा जनादेश वामपन्थीको पक्षमा रहेको औंल्याउँदै त्यसबाहेकको समीकरणबाट सत्ता बनाउन खोजे असफल हुने बताएका छन् ।

एमाले र माओवादी एकतामा ढिलाइ गरे भड्किन्छ : शाही

काठमाडौं । बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले ६ महिनाभित्र एमाले र माओवादी केन्द्रबीच एकता नभए यो प्रक्रिया भड्किन सक्ने बताएका छन् । दुई पार्टीबीचको गठबन्धन र एकता प्रक्रियालाई भाँड्ने षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको आरोप लगाउँदै उनले ढिला भएमा एकता नहुने दाबी गरे । 

दाङ छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्न सक्छ : महरा

उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महराले दाङ छुट्टै प्रदेश भएर पनि राजधानी बन्नसक्ने बताएका छन् । उनले यही संरचनामा नै दाङलाई ५ नं. प्रदेशको राजधानी बनाउने पहिलो प्राथमिकता भएको र त्यसो हुननसके छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्नसक्ने सम्भावना रहेको बताए ।

प्रदेश : शून्यबाट सुरुवात

संविधानअनुसार मुलुक संघीय संरचनामा गएको छ । यसभित्र महत्त्वपूर्ण मानिएको प्रादेशिक संरचनाको पनि अब विधिवत् अभ्यास हुनलागेको छ । ७ वटै प्रदेशमा प्रदेशसभाको निर्वाचन भइसकेको छ । मिश्रित निर्वाचन प्रणालीमध्ये प्रत्यक्षबाट प्रदेशसभा सदस्यहरू चुनिएका छन् । निर्वाचन आयोगले समानुपातिक सदस्य चुन्ने प्रक्रिया अघि बढाइसकेको छ । दुई साताभित्र ७ वटै प्रदेशसभाले पूर्णता पाइसक्नेछन् । तर अब कसरी बढ्ने भन्ने अन्योल छ ।

आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएकै हो : अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभा समानुपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तर्राष्ट्रिय रुपमा विद्यमान रहेको बताएका छन् । ‘अध्यादेशको बारेमा कुरा मिलेको छैन । संविधानले स्पष्ट रुपमा केही भनेको छैन,’ उनले भने, ‘विगतमा राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय विधिबाट हुने भनेर संविधानमै उल्लेख गरेको अवस्था थियो । यो पटक त्यस्तो छैन ।’

प्रदेश ४ र ६ का सभास्थल टुंगिए

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश ४ र ६ को सभास्थलदेखि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरूका कार्यालय र निवास राखिने भवन टुंगो लगाएको छ ।

वाम गठबन्धनको अग्निपरीक्षा सुरु : नेता नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्वारा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।