निलम्बित सांसद चौधरीको नेल हटाइयो

वीर अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टीका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको फलामे सिक्री (नेल) हटाइएको छ । अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको विश्वव्यापी मान्यताविपरीत चौधरीलाई अस्पतालको शय्यामा समेत नेल लगाएर राखिएकामा चौतर्फी विरोध भएपछि शुक्रबार रातिबाटै नेल हटाइएको जानकारी अस्पताल स्रोतले दिएको छ ।

निलम्बित सांसद रेशम चौधरीलाई लगाइएको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिएका हुन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको तस्बिरसहितको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले शनिबार घटनाबारे चासो राख्दै निर्देशन दिएका हुन् ।

वीर अस्पताल भर्ना भए रेशम चौधरी, बेडमा पनि नेल

अस्पतालमा चौधरीलाई परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन् ।डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

टीकापुर घटनाका दोषी रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद

जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्या घटनाको फैसला गरेको छ । फैसलाअनुसार रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैद तोकेको छ ।

सांसदको शपथ लिएका रेशम चौधरीको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा चुनिएका रेशमलाल चौधरीले कारागारमा बसुञ्जेल पारिश्रमिक, सेवा र सुविधा नपाउने भएका छन् ।

सरकारका प्रवक्ता बाँस्कोटा भन्छन्, 'अदालतले दोषी ठहर्‍याए रेशम चौधरीले सजाय भोग्नैपर्छ'

टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीलाई कानुनी कारबाही हुने सरकारले स्पष्ट पारेको छ ।  सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले कानुनी राज्यमा अदालतले गरेको निर्णय मान्नै पर्ने भन्दै रेशम चौधरीले पनि अदालतको फैसला मान्नु पर्ने बताए । 

सदरखोरदेखि संसद सचिवालयसम्म रेशम चौधरीको यात्रा [फोटोफिचर]

डिल्लीबजार सदरखोरबाट बा १ झ ७७०७ नम्बरको टाटा मोबाइलको बीच सिटमा राखेर ल्याइएको थियो, रेशम चौधरीलाई । गलाभरी खादासहित पूर्वेली ढाकाको कुर्था, टोपी, गलबन्दी र सेतो सुरुवाल लगाएर संसद् भवन प्रवेश गरेका थिए उनी । प्रहरीको गाडीमा अघि-अघि उनी थिए भने उनका श्रीमती र छोरा पछि पछि अर्को गाडीमा ।

रेशम चौधरी शपथ ग्रहण कार्यक्रम ३ बजेलाई सर्‍यो

टीकापुर घटनाको मुख्य अभियुक्तको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले शपथ लिने भएका छन् । बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा चौधरीलाई सांसदको शपथ ग्रहण गराउने कार्यक्रम रहेको भएपनि चौधरी आउन ढिला हुने र संसद मध्यान्ह बस्ने भएछि ३ बजेलाई शपथको कार्यक्रम सारिएको हो ।