१०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ ।

प्रदेशसभा व्यवस्थापनमा अनियमितता : पौने २ करोडका बढी बिल

प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २ करोड रुपैयाँको बढी बिल बनाएर हिनामिना गरिएको छ । प्रदेशसभा भवन, मन्त्रालय र निवासको मर्मतसम्भार तथा फर्निचर खरिदमा लागतभन्दा बढी बिल बनाएर ७ करोड रुपैयाँ खर्च भएको देखाइएको हो ।

कर्जा सूचना केन्द्रलाई भ्याट

आन्तरिक राजस्व विभागले कर्जा सूचना केन्द्रलाई मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न पत्राचार गरेको छ । मूल्य अभिवृद्धि करसम्बन्धी निर्देशिकाको व्यवस्थाविपरीत विभागले केन्द्रलाई कर तिर्न पत्राचार गरेको हो ।

फेरि नक्कली भ्याट बिल

आठ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल बनाउने धन्दा फेरि सुरु भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले पछिल्लो समय २४ वटा व्यापारिक फर्मविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । १६ कम्पनीमाथि अनुसन्धान भइरहेको छ ।

नक्कली बिल बुक बनाएर करोडौं ठगी

केही वर्ष अघिसम्म काभ्रेको भुम्लु गाउँपालिका १ का नारायण श्रेष्ठ एकान्तकुनास्थित यातायात कार्यालयअघि लेखन्दासको काम गर्थे । केही रकम लिएर सेवाग्राहीको कागजपत्र मिलाइदिने, फारम भरिदिने र कर्मचारीसँग चिनाजानीको सम्बन्धका आधारमा लाइन नबसी फाइल दर्ता गरिदिने काम गर्थे ।

टुटलले भ्याट छलेको शंकामा अनुसन्धान सुरु

मोटरसाइकलमा यात्रु ओसार्न मध्यस्थता गर्ने कम्पनी टुटलले भ्याट छली गरेको विषयमा आन्तरिक राजस्व विभागले छानबिन थालेको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा यो आइपर लुक्स नेपाल कम्पनी प्रालिको नाममा दर्ता छ ।

बिक्रीमा होइन, निकासीमा भ्याट फिर्ता

कपडा उद्योगको भ्याट फिर्ताको विषय चर्चामा छ । खासमा शव्द–चयन सही छैन । यो भ्याटको मूल मान्यता अनुसार प्रोत्साहित गर्नुपर्ने भ्याट फिर्ता होइन । उपभोक्ताबाट संकलन भएको भ्याट व्यापारीलाई सोझै फिर्ता गर्ने व्यवस्था कथित भ्याट फिर्ता हो । भ्याट सुधारका सन्दर्भमा त्यसको अवसान स्वाभाविक थियो ।