रेलको टिप्पणीप्रति चीन असन्तुष्ट

केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरूप्रति चीनले असन्तुष्टि जनाएको छ । केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन् ।

बेइजिङमा नेपाल-चीन रेलवार्ता, अर्को बैठक काठमाडौंमा

नेपाल-चीन रेलमार्ग सहयोगसम्बन्धी चौंथो बैठक बेइजिङमा बसेको छ । केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा लाग्ने खर्च, यातायात सम्पर्क विस्तार, मानवीय तथा भौतिक सहयोग लगायत विषयमा छलफलका लागि बैठक बसेको हो । बैठकमा कुनै ठोस निर्णय हुन नसकेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । पाँचौं द्विपक्षीय बैठक भने काठमाडौँमा आयोजना गर्ने सहमति बनेको छ ।

तिब्बती नेता भन्छन्– चिनियाँ रेल काठमाडौं पुर्‍याउँछौँ

तिब्बतले काठमाडौंसम्म रेल लैजाने विषयमा आफ्नो प्रतिबद्धता जनाएको छ । ल्हासामा शुक्रबार आयोजित तिब्बत विकास मञ्चमा सहभागी विभिन्न देशका प्रतिनिधिले नेपालसँग रेलवे कनेक्टिभिटी भए पूरै एसियासँगको सम्पर्क सहज हुने बताएपछि तिब्बती नेताले रेल कनेक्टिभिटीका लागि आफूहरू तयार रहेको प्रतिक्रिया दिएका हुन् । 

भारतको ऋण अब रेल र सडकमा

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो अंश रेल र सडक पूर्वाधारमा खर्च गरिने भएको छ ।

प्रधानमन्त्री ओली रेल चढेर पेरिसतिर

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार दिउँसो लन्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिसतर्फ लागेका छन् ।

रेल सम्झौता पुनरावलोकन : नेपाली रेललाई भारतीय बन्दरगाहसम्म पहुँच

नेपाली व्यवसायीहरूले अब नेपालकै रेलमार्फत तेस्रो मुलुक वस्तु (कार्गो) ढुवानी गर्न पाउने भएका छन् । हाल नेपाली व्यवसायीहरूले भारतीय बन्दरगाहमार्फत तेस्रो मुलुक व्यापार गर्दा भारतीय रेल मात्र प्रयोग गर्नुपर्ने अवस्था छ । 

दिल्लीमा रेल सम्झौता पुनरावलोकन बैठक

डेढ दशक पुरानो रेल सेवा सम्झौता (आरएस) पुनरावलोकनका लागि नेपाल–भारतका अधिकारीहरूबीचको बैठक बिहीबार भारतको राजधानीमा नयाँदिल्लीमा सुरु हुँदै छ । दुई दिनसम्म चल्ने बैठकमा करिब डेढ दर्जन विषयमा छलफल हुनेछ ।

रेल विभागका पदाधिकारी भन्छन्, 'ढुक्क हुनुस्, असोजमा रेल आउँछ'

बहुप्रतीक्षित जयनगर-जनकपुर-कुर्था रेल सेवा आउँदो असोजदेखि सञ्चालन हुने रेल्वे कम्पनीका पदाधिकारीले बताएका छन् । 'छिटोमा भदौ र ढिलोमा असोजसम्म रेल सञ्चालन हुनेमा ढुक्क हुनुस्,' रेल विभागका डीजी बलराम मिश्रले कान्तिपुरसँग भने, 'दुईवटा रेल खरिद गर्ने सम्झौता भइसकेको छ ।' 

अस्ट्रेलियामा पहिलो चालकरहित रेल

अस्ट्रेलियामा पहिलोपटक चालकरहित रेल सञ्चालनमा ल्याइएको छ । सिडनीबाट आइतबारदेखि सुरु ३७ किलोमिटर लामो रेल सेवा निर्माण सम्पन्न गर्न ५ वर्ष लागेको हो । 

भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता 

नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।

मिठाई बाँडियो, रेल आएन

सात महिना पहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले टेम्पलिङ इन्जिन (ट्रेक मर्मत गर्ने रेलको इन्जिन) मा सीमावर्ती जयनगरसम्म यात्रा गर्दै २०१८ को अक्टोबरसम्म रेल सञ्चालन भइसक्ने उद्घोष गरेका थिए ।