मकालुमा जताततै पहिरो

मनसुन सुरु हुँदै गर्दा मकालु गाउँपालिका पहिरोले जताततै चिरिइसक्यो । नुमको फ्याक्सिन्दाबाट उत्तरी क्षेत्र जाने सडक पुरिएको छ । हिँड्ने बाटोसम्म नहुँदा गाउँलेले वारपार गर्न सकेका छैनन् । 

सडक बनाउने बहानामा ढुंगा बिक्री

थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको हो ।

अवरुद्ध सडक पाँचौ दिनमा खुल्यो

पहिरोले सिरिजघा गाउँपालिकाको अवरुद्ध सडक पाँचौं दिनमा खुलेको छ। गाउँपालिकाले स्काइभेटर मेशिन प्रयोग गरेर सडक खुलाएको अध्यक्ष टिका गुरुङले बताए । सडक खुलेसँगै गाउँपालिकाको केन्द्रसम्मै यातायात पुग्न थालेको उनले जानकारी दिए ।

सुख्खा पहिरो पन्छाउन गएका ३ सैनिक घाइते

सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका छन् । काठेखोला गाउँपालिका-८ लेखानी देखि वडा नं. ५ कर्लिम जाने सडक केही दिनदेखि अवरुद्ध थियो ।

मुस्ताङमा सुक्खा पहिरो

मुस्ताङस्थित घरपझोङ गाउँपालिका– १ छैरोको तिब्बती शरणार्थी क्याम्पमा सुक्खा पहिरो जाँदा बस्ती जोखिममा परेको छ । भूक्षयले जमिन चिरा पर्दै भासिँदा केही भौतिक संरचनामा क्षति पुगेको छ । पहिरो नजिकै आएपछि ९ घर सामानसहित छिमेकमा सरेका छन् ।

चुरे दोहन अनियन्त्रित : माथि पहिरो, तल उजाड

चुरे क्षेत्रमा वन फँडानी, डोजर प्रयोग गरी मोटरबाटो निर्माण, ढुंगा–गिट्टी उत्खननजस्ता कारण बलौटे माटो बगेर तराईको खेतीयोग्य जमिन बगर बन्न थालेको छ । पानीका मूल सुक्न थालेकाले भावर क्षेत्रका बासिन्दा विस्थापित भएका छन् । खोलानाला उत्खननलाई स्थानीय तहले आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

पहिरो पीडितले लालपुर्जा पाए

सुरक्षित स्थानको लालपुर्जा पाएलगत्तै बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बिम्बु गाउँका लतमान तामाङ खुसी भए  । भूकम्पलगत्तै बिम्बु भीर खसेर घरसहित बस्ती नै ध्वस्त बनाएपछि विस्थापित तामाङले बल्ल सुरक्षित जग्गा पाएका हुन्  ।

दार्चुलामा सुख्खा पहिरो खस्दा एकको मृत्यु, ५ जना घाइते

दुहुँ गाँउपालिका-३ स्थित राताकाठा नजिक पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते छन् ।  

हिमपातपछि मुस्ताङमा पहिरो

बाक्लो हिमपातपछि मुस्ताङमा पहिरो गएको छ । घरपझोङ गाउँपालिका–२ छैरोमापहिरो गएको हो । घरपझोङगापा-१ मार्फा र २ छैरो बिचमा कालीगण्डकी नदीले बनाएको साँघुरो गल्छीमा गएको सुख्खा पहिरोले कालीगण्डकी केहीबेर अवरुद्ध भएको थियो ।