कोमाका बिरामी ल्याउने विषय अध्ययनमै

प्रमुख गन्तव्य मुलुकमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्ने विषयमा सरकारले ६ वर्षदेखि कार्यदल बनाई अध्ययन गरे पनि एउटै बिरामी ल्याएको छैन ।

वैदेशिक रोजगारीको पीडा : चार वर्षदेखि कोमामा

‘बिरामीलाई छुन–चलाउन पाइँदैन । टाढैबाट हेर्नुहोला ।’ वार्ड छिर्ने बेला नर्सले फेरि सचेत गराइन्, ‘मास्क र पञ्जा लगाएर मात्रै भित्र जानुस् ।’ वार्ड यति सुनसान थियो कि नर्सको सानो स्वर पनि ठूलो सुनिइरहेको छ ।

कोमामा रहेका लुङ्गेलीको रकम अभावले उपचारमा समस्या

हृदयघात भई कोमामा राखिएका इलामका जङ्गबहादुर लुङगेलीको रकम अभावले उपचारमा समस्या उत्पन्न भएको छ । उनको उपचारमा अहिलेसम्म एक लाख ३४ हजार दिर्हाम (झन्डै ३४ लाख रुपैयाँ) खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

कोमामा फर्केका छोरालाई भेट्न आमा

प्यूठानको गाउँमुखी–२ की ५३ वर्षीया पच्ची थापा बुहारी डोरमतीसँग आइतबार काठमाडौं आइपुगिन् । गाउँको सबभन्दा नजिकको परिचित बजार बाघदुला कटेर जिल्ला नछाडेका पच्ची र डोरमतीको पहिलो काठमाडौं यात्रा थियो ।

विदेशमा कोमामा रहेका बिरामीलाई स्वदेश ल्याइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारी क्रममा विभिन्न मुलुकमा बिरामी परी कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको छ । नेपाल सरकारले जिम्मा नलिँदा खाडी मुलुकका अस्पतालमा कोमामा रहेका दुई दर्जनभन्दा बढी बिरामीलाई स्वदेश ल्याउन सकिएको छैन ।

कतारमा ११ नेपाली कोमामा

महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् । अली रामदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्बाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो ।

कोमामा रहेका सार्कीको परिवारलाई घर

साउदी अरबबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । सामाजिक सञ्जाल अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीबाट संकलित रकमले चाँगुनारायण नगरपालिका–४, संगम टोलका ४३ वर्षीय रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

कोमामा रहेका सार्कीको परिवारलाई घर हस्तान्तरण

साउदी अरबबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

कोमामा रहेका सार्कीको परिवारलाई घर

साउदी अरवबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर बनाइदिने भएको छ । सामाजिक सञ्जाल अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलित रकमले उनको घर बन्ने भकएको हो ।