प्रमाणपत्र किर्तेमाथि संसद्मा प्रश्न

प्रतिनिधिसभाको बैठकमा सोमबार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र सेवा आयोगको अनियमितताबारे प्रश्न उठाउँदै त्यस्ता विकृति रोक्न माग गरिएको छ ।

'९ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसंगतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गरे ।

'९ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसंगतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गरे ।

पनिकाबाटै नक्कली प्रमाणपत्र

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट विद्यार्थीको लब्धांक नम्बर परिवर्तन गरी फर्जी प्रमाणपत्र जारी हुने गरेको भेटिएको छ । अख्तियारले परीक्षामा फेल भएका विद्यार्थीलाई ‘घूस लिएर पास गराउने’ समूहलाई पक्राउ गरेको छ ।

किर्ते कागजात बनाएर वडाध्यक्षले लिए ६ लाख

लिसंखुपाखर गाउँपालिका– ६ पेटुका वडाध्यक्ष कैलाश थापाले खानोपानी योजनाको नाममा किर्ते कागजात बनाएर गाउँपालिकाबाट ६ लाख भुक्तानी लिएको सार्वजनिक भएको छ ।

त्रिवि सेवा आयोगको परीक्षा : केर्दै, अंक थप्दै

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरूले अस्वाभाविक चलखेल गरेका हुन् ।

शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा

न्यायपरिषद्ले तनहुँबाट अवकाशप्राप्त न्यायाधीश ओमकार उपाध्यायमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ । परिषद् सचिवालयले उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाई मुद्दा दर्ता गरेको हो ।

किर्ते उपभोक्ता समिति : आरोपीको बयान सुरु

किर्ते गरी उपभोक्ता समिति गठन गरेको तथा सरकारी कागजात किर्ते गरेको मुद्दामा पक्राउ गरिएका आरोपीलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा जिल्ला अदालत सप्तरीमा पेश गरिएको छ  ।

बालुवाटार जग्गा प्रकरण : आधामा नक्कली मोही, बाँकीमा किर्ते 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू नै नक्कली मोही र किर्ते कागजात बनाउने क्रममा संलग्न रहेको भेटिएको छ । उनीहरूले मोही नै नलाग्ने जग्गामा मोही खडा गरेको र सरकारी हुनुपर्ने बाँकी जग्गासमेत व्यक्तिका नाममा दर्ता गरेको पाइएको हो । 

किर्ते उपभोक्ता समिति प्रकरण : सिनियर डिभिजनल इन्जिनयर गोइत पक्राउ

किर्ते गरी उपभोक्ता समिति गठन प्रकरणमा सप्तरी प्रहरीले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई शनिबार नियन्त्रणमा लिएको छ । गोइतलाई सिरहाबाट नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।