अछाममा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, ४ घाइते ‌(अपडेट)

चौरपाटी गाउँपालिका–२ मुलिगाउँमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ । ४ जना घाइते भएका छन् ।

थुनुवा बाेकेको प्रहरीको जिप दुर्घटना, २ को मृत्यु 

थुनुवा बाेकेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिप मंगलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने प्रहरी सहित ८ जना घाइते छन् । 

जिप दुर्घटनामा एकै परिवारका दुईको मृत्यु, दुई घाइते

बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका २ को कमरेफाँट नजिक मंगलबार बिहान भएको जिप दुर्घटनामा परि एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

हुम्ला जिप दुर्घटना : बेपत्ता भेटिएनन्, गोताखोर फर्किए

कर्णाली नदीमा जिपसँगै बेपत्ता भएका व्यक्ति नभेटिएपछि गोताखोर टोली फर्किएको छ । गत मंगलबार खार्पुनाथ गाउँपालिका–५ को बेडुबिसौना र कैल्यवालुको बीचमा जिप सडकदेखि २० मिटर तल नदी खसेको थियो ।

तरकारी बोकेको जिप दुर्घटना : पैदल यात्रुसहित ५ जनाको मृत्यु [अपडेट]

गल्छी-४ कार्कीडाँडाबाट तरकारी बोकेर गल्छी बजार आउँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्छी-४ निवासी ३८ वर्षीय राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ निवासी ३० वर्षीय कान्छी भुजेल र नानु तामाङ रहेका छन् ।यस्तै गल्छी- ४ निवासी २१ वर्षीया सबिता प्याकुरेल मृत्यु भएको छ ।

जहाँबाट जिप खस्यो

१० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिनाकुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौं रकम खर्चिएको थियो । 

हुम्ला जिप दुर्घटना : शव नभेटिएपछि पुत्ला बनाएर दाहसंस्कार

कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकाहरू तीन दिनसम्म पनि फेला नपरेपछि आफन्तले परालको पुत्ला बनाई दाहसंस्कार गरेका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसँगै ७ जनाको बिहीबार कर्णालीको खापुदोभान र प्युसनिवासी कौरा दमाई र दुई वर्षीय छोराको गोग्चेगौंडामा दाहसंस्कार गरिएको छ ।

जिप दुर्घटना : बझाङको मस्टा शोकमग्न

एउटै गाउँका १० जनाको ज्यान गएको दुर्घटनाले बझाङको मस्टा गाउँपालिकाका बासिन्दा शोकमग्न छन् । सोमबार भएको जिप दुर्घटनामा मारिनेको बुधबार शवयात्रासहित सामूहिक दाहसंस्कार गरिएको छ ।

कर्णाली नदीमा जिप खोज्दै गोताखोर

कर्णाली नदीमा खसेर १० यात्रुसहित मंगलबारदेखि बेपत्ता जिप खोज्न खापुनार्थ गाउँपालिका(५ कैलावालुमा गोताखोरको टोली पुगेको छ । जिप नदीमा खस्दा खापुनार्थ गाउँपालिकाका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता छन् ।  

जिप दुर्घटना : शोकमा सार्वजनिक बिदा

जिल्लामा सोमबार भएको जिप दुर्घटनाका मृतकहरुको सामूहिक दाहसंस्कार गरिएको छ । कोटदेवल गाउँका ९ जनाको बुधबार सदरमुकामनजिक सेतीकिनारको धौलाबगरमा र जिन्नाडा घर भएका जिप चालक सुरेन्द्र थापाको जिन्नाडीगाडमा अन्त्येष्टि गरिएको हो ।

हुम्ला जिप दुर्घटना : बेपत्ताको खोजी जारी

हुम्लाको खार्पुनाथ गाउँपालिका-५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जिपको खोजी कार्य चलिरहेको छ । मंगलबार मध्याह्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजी कार्य जारी सुरु भएको थियो ।

हुम्लामा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता*[अपडेट]

खार्पुनाथ गाउँपालिका–५ कैलावालुमा जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता भएका छन् । खार्पुदेखि गाउँपालिकाको केन्द्र याङचु जाने क्रममा मंगलबार लु१ज ७१६६ नम्बरको जिप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको थियो । 

बझाङमा जिप दुर्घटना, ९ को मृत्यु (अपडेट)

जयपृथ्वीनगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको जिप दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । से १ झ १०७२ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा ६ जना घाइते भएका छन् । जिपमा कति यात्रु थिए भन्ने यकिन नभएका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बस र जिप ठोक्किँदा ५ घाइते, ३ गम्भीर

बेंसीसहर नगरपालिका-१ उदिपुरको दलालस्थित देउराली नजिकै आइतबार अपरान्ह बस र जिप एक आपसमा  ठोक्किँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ को अवस्था गम्भीर छ ।

बैतडीमा जिप दुर्घटना, ३ को मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार बिहान जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बाकेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर सडकभन्दा डेढसय मिटर तल खसेको थियो । दुर्घटना परी अन्य ३ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।

जिप दुर्घटनामा बालिकाको मृत्यु, ५ घाइते

जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट रुकुम पूर्वको सिस्ने गाउँपालिका-७, सिस्नेरी जाँदै गरेको लु १ ज १७८१ नम्बरको जिप दुर्घटना हुँदा सिस्ने गाउँपालिका-८, की ९ महिने निर्जला रावलको मृत्यु भएको हो ।