एसईईको नतिजा

अपांगताले छेकेन पढाइ

स्टेफन हकिङसजस्तै वैज्ञानिक बन्ने लक्ष्य छ १८ वर्षीय सोनाम छिरिङ शेर्पाको । फरक क्षमताका उनी जन्मजात मस्तिष्क पक्षघातका बिरामी हुन् । उनले एसईई परीक्षामा ३.२५ जीपीए ल्याएर उत्तीर्ण गरे ।

एसईई नतिजा : छात्राको नतिजा खस्कँदो

राज्यको प्राथमिकता र लगानी रहेको सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा कमजोर देखिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिकबाट ३ लाख २५ हजार ३ सय ३० र निजीबाट १ लाख ३३ हजार ९ सय ४५ परीक्षार्थी सहभागी थिए ।

१५ वर्षदेखि उत्कृष्ट सामुदायिक

हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले १५ वर्षदेखि जिल्लामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ । यस वर्षको एसईई परीक्षामा समेत सामुदायिक विद्यालयतर्फ आधुनिक सर्वोत्कृष्ट भएको हो । यस वर्षको एसईई परीक्षामा यहाँबाट २ सय ३० विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाएका थिए ।

समताकी प्रतिभाले ल्याइन् ४ जीपीए

कावासोतीस्थित समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले ४ जीपीए ल्याएकी छन् । उनीबाहेक समताकै र सुशील गिरि र वसन्त पाठकले पनि क्रमशः ३ दशमलव ९ जीपीए र ३ दशमलव ९५ ल्याएका छन् ।

एसईई परीक्षामा १७ हजार विद्यार्थीको ‘ए प्लस’, पुनर्योगको व्यवस्था 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन् । 

उँभो लागेन सार्वजनिक विद्यालयको गुणस्तर

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर खस्केको छ । सरकारले सार्वजनिक विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि परीक्षाफलमा निजी लगानीका विद्यालयका विद्यार्थीले राम्रो स्तरीकृत अङ्क (जिपिए) ल्याउँदै आएका छन् ।

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

एसईईको नतिजा सार्वजनिक गर्न २ बजे बैठक

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसाे २ बजे बैठक बाेलाएकाे छ ।

एसईईको नतिजा आज सार्वजनिक हुँदैन : राष्ट्रिय परीक्षा बोर्ड

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरे । ‘आज रिजल्ट हुँदै हुँदैन, नतिजा प्रकाशनको तयारी चलिरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिक हुन्छ ।’

एनसेलको एसईई सिम

टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीका लागि पहिलो सिम अफर प्रस्तुत गरेको छ । यसको मूल्य १ रुपैयाँ कायम गरिएको छ ।

एसईई सकेर सिलाइ कक्षामा

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएपछि कोहलपुरकी १६ वर्षीया लक्ष्मी रोकामगर फुर्सदमा छिन् । उनी फुर्सदमा सिलाइ सिक्ने सोच बनाएकी छन् । ‘सीप भएपछि जहाँ पनि काम पाइन्छ,’ उनले भनिन्, ‘आफैं कमाउँदै पढ्ने सोच छ ।’ 

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।

रद्द र स्थगित गरिएको प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने

प्रदेश २ को रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । बोर्डको आज बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

प्रदेश २ को स्थगित एसईई चैतभित्रै

राष्ट्रिय परीक्षा बोर्डले चैतभित्रै सम्पन्न गर्ने गरी प्रदेश २ को एसईई परीक्षाको तयारी अघि बढाएको छ । प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । 

एसईई परीक्षा स्थगितपछि आक्रोशित भए परीक्षार्थी, रणभूमि बन्यो जितपुर र कलैया

प्रदेश २ मा एसईई परीक्षा रद्द गरिएपछि विरोधमा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच शनिबार बाराको कलैया र जितपुरमा झडप भएको छ । झडपको क्रममा दुवै स्थानमा गरी आधा दर्जन बढी सुरक्षाकर्मी र दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

एसईई प्रकरण : तस्बिरमा जितपुरको झडप

माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो ।

एसईई : बाराको जितपुरमा परीक्षार्थी र प्रहरीबीच झडप 

माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर  पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो । झडपले स्थिती तनावपूर्ण भएपछि नियन्त्रणको लागि प्रहरीले दर्जन सेल अश्रु ग्यास र हवाइ फायर गरेको छ । 

प्रदेश २ को एसईई स्थगित, परीक्षा संयन्त्रमा प्रश्न

प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिह्न खडा भएको छ । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । यसै कारण बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको परीक्षा नै रद्द गर्नुपर्‍यो ।