रोपाइँ रौनक

पुर्ख्यौली खेतमा बाबुराम हिलाम्मे

समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई असार १५ मा आफ्नै पुर्ख्यौली थलोमा रहेको खेतको रोपाइँमा सहभागी भएका छन् । 

मेसिनबाटै रोपाइँ [तस्बिरहरु]

असार १५ का दिन आइतबार राष्ट्रिय धान दिवस मनाउने कार्यक्रममा पश्चिम चितवनको दिब्यनगरमा बिहानैदेखि स्थानीयको जमघट थियो । धान रोप्ने भनेपछि हली, खेतला बाउसे जहाँ पनि जुट्छन् । पछिल्लो समय खेत जोत्न हलो र गोरुभन्दा ट्रयाक्टर लगाउने चलन बढ्दो छ । तर रोप्ने तरिका प्राय पुरानै छ । बीउ गोड्यो, मुठा पार्‍यो अनि हिल्याएको खेतमा लगेर रोपाहाराहरु लहरै भएर रोप्यो ।

रोपाइँको रौनक [तस्बिरहरु]

रोपाइँ दिवसको सन्दर्भमा कान्तिपुर पब्लिकेसन्स्‌ले शनिबार ललितपुरमा एक कार्यक्रम गरेको छ । गोदावरी भिजेज रिसोर्ट नजिकै भएको ‘मड फेस्ट’मा राष्ट्रिय कलाकारहरुका साथ स्थानीय युवा युवती खेतमा रोपाइँ गर्दै आपसमा हिलो खेल्दै रमेका थिए । कुटुम्भ र ज्योभन भुजुको लाइभ प्रस्तुति रहेको कार्यक्रममा मड फुटबल, डोरी तानातानजस्ता खेलसमेत भए । संगीतमय वातावरणमा हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गर्दा बेग्लै माहोल बनेको थियो । पब्लिकेसन्स्‌ले विगत वर्षहरुझैं रोपाइँ पर्वलाई विशेष मनाउन कार्यक्रमलाई निरन्तरता दिएको हो ।

दोलखामा ‘रोपाइँ समिति’

ठाउँठाउँमा विभिन्न खाले समितिहरू बनिरहेकै हुन्छन् । दोलखाको रामकोटमा भने रोपाइँ समिति बनेको छ । समितिले धान रोपाइँको तालिका बनाइदिन्छ । त्यसैका आधारमा दोलखा सदरमुकाम चरिकोटछेऊको खेतमा धमाधम रोपाई भइरहेको छ ।