नेकपाकै सांसद असन्तुष्ट

सरकार र पार्टीका कामबारे नेकपाकै सांसद रुष्ट

सत्तारूढ नेकपाका सांसदले सरकार र पार्टीका काम प्रभावकारी रूपमा सञ्चालन नगरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । सांसदहरू कडा रूपमा प्रस्तुत भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अहिलेसम्मका कमजोरी सुधारेर अघि बढ्ने भन्दै उनीहरूलाई साम्य पार्ने प्रयत्न गरे ।