लिंग परिवर्तन

भारत जाँदा छोरा, फर्किंदा छोरी

भारत जाने, त्यहीं पढ्ने अनि केही कमाएर पठाउने । यही आसमा माल परिवारले ६ वर्षअघि छोरालाई बिदाइ गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसहवास उडेको छ । गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्ता रहेनन् । नाम फेरिएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ । 

आफ्नै लिंग छिनाए

मोरङको लेटाङ नगरपालिका ३ का एक युवकले आफनो लिंग छेदन गरेर सख्त घाइते भएका छन् । बिहीबार अपराह्न घरमा कोही नभएको अवस्थामा २२ वर्षीय सुभाष भनिने सुनिल राईले आफैंले लिङग छिनाएर सख्त घाइते भएको प्रहरीले जनाएको छ । 

लिंग र नागरिकता

मजदुर दिवसको रात । आफ्नी स्कुले साथीको मृत्युको दुःखद खबरसँगै ब्युँझिएँ म । स्मितालाई मैले उनको मृत्यु हुनुभन्दा केही दिनअघि मात्र काठमाडौँको एउटा रेस्टुरेन्टमा भेटेकी थिएँ । हाम्रो त्यो भेट पन्ध्र वर्ष पछिको थियो । मेरो आड लिएर उभिँदै उनले छोरीको पासपोर्ट बनाउन फर्केको सुनाएकी थिइन् । उनी सन् २००९ मा बाह्र वर्षकी मिशेलसहित डेनमार्क गएकी थिइन् । 

लिंग परिवर्तन गरेर महिला बनिन् सन्ध्या

सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले आफ्नो पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छन् । उनले अगस्त ८ मा थाइल्यान्डको बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइनमेन्ट सर्जरी गरेकी हुन् । उनले झन्डै १ दशक तेस्रो लिंगीको पहिचान बोकेकी थिइन् ।

भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा. नूतन निलम्बित

नेपाल मेडिकल काउन्सिलले डा. नूतन शर्मालाई निलम्बन गरी ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाएको छ । काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार उनीविरुद्घ भ्रूण हत्या गर्ने उद्देश्यले प्रेरित भई लिंग पहिचान गरेको उजुरी सही पाइएपछि ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाइएको हो ।